close

दोभान बजारका अग्निपीडितलाई मेरिङदेनले दियो क्षतिपूर्ति

दोभान बजारका अग्निपीडितलाई मेरिङदेनले दियो क्षतिपूर्ति

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दोभान बजारका अग्निपीडितर्लाइ ८० लाख ५९ हजार रुपैयाँ वितरण गरेको छ ।


विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्थाबाट प्राप्त भई पालिकाको प्रकोप व्यवस्थापन खातामा जम्मा भएको रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए । 


उनका अनुसार पालिका अध्यक्ष गणेशबहादुर लिम्बू र उपाध्यक्ष कल्पना तुम्बाहाम्फेले ५१ पीडित परिवारलाई चेक हस्तान्तरण गरे ।


गत १८ फागुनमा मेरिङदेना गाउँपालिका वडा नम्बर ३ खाम्लुङस्थित दोभान बजारमा लागेको आगोका कारण पीडित परिवारको क्षतिपूर्तिका लागि गाउँपालिकाले एकद्वार नीति अपनाउँदै प्रकोप व्यवस्थापन खाता सञ्चालनमा ल्याएको छ ।


पीडित परिवारलाई ३ तहमा वर्गीकरण गरेर सोही खातामा जम्मा भएको रकमलाई पालिकाले वितरण गर्ने गरी यसअघि नै निर्णय लिइसकेको छ ।


क वर्गमा परेका ३५ पीडित परिवारलाई १ लाख ९९ हजार, ख वर्गमा परेका ७ घरपरिवारलाइ ९० हजार र ग वर्गमा परेका ८ घरपरिवारलाइ २५ हजार रुपैयाँका दरले क्षतिपूर्ति रकम उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।