close

रोक्नै सकिएन भारत जानेको लर्को (भिडियो वार्ता) 

रोक्नै सकिएन भारत जानेको लर्को (भिडियो वार्ता) 

ADVERTISEMENT

अछामको मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरासँग पालिकाखबर बुलेटिनको पालिका टकका लागि नगरको बजेट, बजेट कार्यान्वयनका लागि अघि सारिएका नीति, पालिकाले हालसम्म गरेको विकासको  समीक्षालगायतमा केन्द्रीत भएर करिस्मा कार्कीले गरेको कुराकानी :

 

पालिकाको आर्थिक वर्ष २०७८/७९ को बजेटका प्राथमिकता र नयाँ कार्यक्रमबारे बताइदिनुस न ।

नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएका छौँ । ७ गते नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याएका हौँ । बजेटको प्राथमिकतामा हामीले स्वास्थ्य, शिक्षा र कृषिलाई जोड दिएका छौँ । हामी निर्वाचित भएर आएदेखि यिनै कुरामा ध्यान दिएका छौँ । 

 

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने भन्ने प्रतिवद्धता अनुरुप सम्पूर्ण पर्यटन क्षेत्रलाई नेपालको सय वटा पर्यटन गन्तव्य वर्षमा पार्न सफल भयौँ । तीन करोड बजेट केन्द्रबाट प्राप्त भएको छ भने त्यसैबाट हामीले बढी विकासमा ध्यान दिएका छौँ । 


पालिकाबासीलाई रोजगार बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम बाहेक अरु कस्ता कार्यक्रम संचालन गर्नु भएको छ पालिकामा ? 

पालिकावासीलाई रोजगारीका लागि हामीले नीति तथा कार्यक्रममा नीति नै बनाएका छौँ । कृषिमा आकर्षित गर्न पशुपालन, नगदेबाली सुरु गरेका छौँ । जमिन बाँझो नराख्न कृषिमा युवाको आकर्षण र रोजगारी सृजना गरिरहेका छौँ । 


कोरोनाको कारण पठनपाठन ठप्प रहेको अवस्थामा तपाईंहरुले रेडियोबाट शैक्षीक गतिविधि संचालन गरिरहनु भएको छ । यसको प्रभावकारीता कस्तो पाउनु भएको छ त ?

शिक्षातर्फमा कोरोनाले असर गर्‍यो । हामीले रेडियोबाट पठनपाठन सुरु गर्‍यौँ । तर, प्रभावकरी हुन सकेको छैन । यहाँ अनलाइन कक्षा सञ्चालन गर्न कहिले बत्ती नहुने, नेट नचल्ने जस्ता समस्याले यो प्रभावकारी भने हुन सकेन ।


खाद्यान्नमा आत्मनिर्भर हुने नगरपालिकाको नीति रहेछ, कहिलेसम्म मंगलसेन नगरपालिका  आत्मनिर्भर होला ?

नगरपालिका खाद्यान्नमा आत्मनिर्भर नै छ । केही समय यता खाद्यान्न बाहिरबाट आएको छैन । कृषितर्फ युवाको वितृष्णा फैलिएको छ । हामी निर्वाचित भइसकेपछि पशुपालनमा हामीले जोड दिएका छौँ । भैँसीपालनका लागि ८ वटा राँगा ल्याएर वितरण गर्‍यौँ । खोर व्यवस्थापनका लागि बजेट विनियोजन गर्‍यौँ । तर, आशातित सफलता हात लागेको छैन । मानिस यहाँ काम गर्न तयार भएको पाइँदैन । बरु भारत नै जाने गरेका छन् । समयमा मल, बिउ सरकारले पनि उपलब्ध नगराउँदा कृषि धराशायी भइरहेको छ । 


अन्त्यमा, चार वर्षको अवधि कस्तो रह्यो, चुनावताका जनतामाझ गरेका प्रतिबद्धता कति पुरा गर्नुभयो कति बाँकी छन् ? 

नगरपालिकाको हकमा हामी चुनावताका जनताका सामुन्ने गरेका वाचा पूरा गरेका छौँ । हामीले पर्यटन क्षेत्रका रुपमा विकास गर्ने भनेका थियौँ । हामीले त्यो काम गर्‍यौँ । मंगलसेन दरबार, मालिका, दासकोट, कोकिलादेवीको स्थान, कैलाश महादेव स्थानको विकास गरेका छौँ । पर्यटक आकर्षित गरेका छौँ । यि हाम्रा उपलब्धी हुन् ।