close

टावर बन्यो, तर सञ्चालनमै आएन (भिडियो खबर)

टावर बन्यो, तर सञ्चालनमै आएन (भिडियो खबर)

ADVERTISEMENT

कञ्चनपुर- भन्नलाई त नेपाल टेलिकम राष्ट्रको सञ्चार हो । तर, सिंगो मुलुकमा अझै पनि नेपाल टेलिकमको टावर टिप्न कि त रुख चढ्नु पर्छ या त डाँडा उक्लनु पर्छ । यो पहाडी जिल्लाले सधैँ भोग्दै आएको समस्या हो ।

 

दूर्गममा त यस्तो हुन्छ लगभग धेरैलाई थाहा छ । तर, सुगममा पनि टेलिकमको टावर नहुँदा नागरिक सञ्चार सेवाबाट टाढा भएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ मा दुई वर्षसम्म नेपाल टेलिकमको टावर सञ्चालन नहुँदा स्थानीय सञ्चार सेवाबाट टाढा भएका छन् । 

 

टावर बनेको दुई वर्ष भइसक्यो । तर, अहिलेसम्म पनि कृष्णपुरवासीले टावरबाट सेवा पाएका छैनन् । अर्थात्  २१ औं शताब्दीमा उनीहरू सञ्चार सेवाबाट वञ्चित छन् । टावरको भौतिक संरचना बनेर तयार हुँदा समेत टावर सञ्चालनमा आउन सकेको छैन ।

 

टेलिकमले हरेक महिना ६ हजार रुपैयाँ जमिनको भाडा तिर्दै आएको छ । यता टेलिकमको वर्षेनि हजारौँ रुपैयाँ बालुवामा पानी भएको छ भने नागरिकले सञ्चार सेवा समेत पाउन सकेका छैनन् । टावर नहुँदा एनसेलको सिम खरिद गर्नुपरेको गुनासो स्थानीयको छ । 

 

टावरको भौतिक संरचना बनेर ठेकेदारले टावर सञ्चालनको लागि टेलिकमको जिम्मा लगाए पनि टेलिकमले भने टावरलाई सञ्चलनमा ल्याउन सकेको छैन । स्थानीयले टावरको सञ्चालनबारे सोधपुछ गर्दा कोभिडको १९ को बहाना देखाउँदै आएको छ ।

 

गाउँमा टावर नआउँदा नेपाल टेलिकमको टावर निर्माण गर्न लगाएको र लामो समममय सम्म टावर सञ्चालन नआउँदा यसबारे कुरा गर्दा टेलिकमले ठेकेदारलाई दोष लगाएको छ । तर, ठेकेदार भने टावर सञ्चालनको जिम्मा टेलिकमले नै हेर्ने भन्दै आफ्नो कुनै दोष नरहेको दावी गर्दै आएको छ ।

 

टावर सञ्चालन गर्नु भन्दा टेलिकमले ठेकेदारलाई दोष दिदै आइरहेको कृष्णपुर नगरपालिकावडा नम्बर १ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले बताएका छन् । टेलिकम सरकारको मातहतमा भएकाले यसको प्रयोग र चासो राख्नु सम्पुर्ण मानिसको अधिकार हो । तर, काममा ढिलाई गर्दा राज्यको लाखौँ रकम बालुवामा पानी हाले बराबर हुने भएकाले यो टावर तुरुन्त निर्माण गर्न जरुरी छ ।