close

कोसीमा माछा मारेर आयआर्जन गर्ने मलाहा समुदायलाई जाल 

कोसीमा माछा मारेर आयआर्जन गर्ने मलाहा समुदायलाई जाल 

Trulli
ADVERTISEMENT

सुनसरी- सुनसरीको कोसी गाउँपालिकामा बसोबास गर्दै आएका मलाहा समुदायलाई माछा मारेर जीविकोपार्जन गर्न जाल वितरण गरिएको छ । कोसी गाउँपालिका वडा नम्बर ३ का स्थानीय गुलावी मुखियाले लामो समयदेखि माछा मारेर जीविकोपार्जन गर्दै आएका छन् ।


उनले आफ्नै सामान्य खाले जालले माछा मार्दै जीविकोपार्जन गर्दै आएकामा गाउँपालिकाले जाल दिएपछि खुसी व्यक्त गरे । मुखियाले कोसी आसपासको सीमासार क्षेत्रमा माछा मार्दै आएकामा पालिका अध्यक्ष एयुव अंसारीले माझी, मलाहा र मुखिया समुदायको जीवनस्तर उकास्न  माछा मार्ने जाल वितरण गरेका हुन् ।

 

मुखियासँगै २० माझी परिवारलाई माछा मार्ने जाल वितरण गरिएकाले खुसी लागेको स्थानीय रविन मलाहाले बताए ।  अध्यक्ष अंसारीका स्वकीय सचिव धमेन्द्र विश्वासका अनुसार कोसी क्षेत्रमा माझी, मलाहा र मुखियालाई पहिलो पटक स्तरीय जाल वितरण गरिएको हो । 

 

यसैबीच सरदार समुदायका ३० परिवारलाई पटेर सामग्री, गुन्द्रीसहित सुरक्षित राख्न जस्तापाता वितरण गरेको सामाजिक विकास शाखाका राजकिशोर मेहताले बताए । मेहताका अनुसार माझीको परम्परागत पेसा संकटमा पर्दै गएकाले तिनको उत्थान गर्न जाल र जस्तापाता वितरण गरिएको हो । 

 

माछाको प्रमुख स्रोत कोसी नदी, सिमसार र स्थानीय खोलानाला भएकाले त्यसमा पछिल्लो समय विषादी प्रयोग र करेन्ट लगाएर माछा मार्ने प्रवृत्तिका कारण आफूहरूको पेसै संकटमा परेको माझीको भनाइ छ । सुनसरीको वराहक्षेत्र नगरपालिका र कोसी गाउँपालिकाका मलाहा, मुखिया तथा माझी जातिले जीविकोपार्जनको पुख्र्यौली पेसाको रूपमा माछा मार्ने पेसा अँगाल्दै आएका छन् ।

 

पश्चिम कुशाहाका रामकृष्ण माझीका अनुसार अन्य पेसा र काम अँगाल्न कहिल्यै मन परेन । ‘बाबुबाजेले यही पेसा अपनाएकाले अर्को पेसा रोज्न सकिएन । तर, अहिले धेरै मुस्किल छ’, उनले भने । प्राकृतिक रूपमा हुर्केका जालमा पारिएका झिकिनसक्दै बिक्री हुने गरेको स्थानीय सोनिया मुखियाले बताए । यहाँको एउटै बस्तीका २०० घरपरिवारले माछा मारेरै जीवन चलाउँदै आएका छन् । 

 


गाउँपालिका उपाध्यक्ष अनितादेवी यादवका अनुसार पालिकाभित्रका सीमासार क्षेत्रका खाली जग्गा उपयोगका लागि माछापोखरी खन्ने योजना अहिले कार्यान्वयनको प्रक्रियामा छ । माछा उत्पादनमा गाउँपालिकालाई अब्बल बनाउने योजना अघि बढेको उनको भनाइ छ ।