close

घरेलु रक्सी: कतै ब्रान्डकाे कष्ट, कतै ड्रमका ड्रम नष्ट

घरेलु रक्सी: कतै ब्रान्डकाे कष्ट, कतै ड्रमका ड्रम नष्ट

Trulli
ADVERTISEMENT

सुर्खेत- प्रदेश १ सरकारले घरेलु रक्सीलाई ब्रान्ड बनाएर देश-विदेश निर्यात खुलाउने तयारी गरेको छ । तर, कर्णाली प्रदेशमा भने यसको ठीक विपरीत नेपाल प्रहरीले सुर्खेतका नगरपालिका तथा गाउँपालिकाका विभिन्न स्थानमा पुगेर घरेलु रक्सी नष्ट गर्ने अभियान चलाएको छ ।


सुर्खेतका ४ गाउँपालिका र ५ वटा नगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले ठूलोमा परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३ दिनमा ७ हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो । 


सुर्खेतका ४ गाउँपालिका र ५ वटा नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएका कच्चा पदार्थसहित ७ हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी एिको छ । 


२ हजार २५७ लिटर तयारी मदिरा र ४ हजार ९ सय लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्चा पदार्थ नष्ट गरिएको छ ।


सामाजिक अपराधका अधिकांश घटना मदिराका कारण घट्ने भएकाले त्यसको नियन्त्रण गर्ने लक्ष्यका साथ चालू आवको प्रारम्भदेखि अभियान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।