close

खहरे खोलाको निकास नहुँदा डुबानमा बस्ती

खहरे खोलाको निकास नहुँदा डुबानमा बस्ती

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ का अधिकांश बस्ती डुबानमा परेका छन् । खहरे खोलाको निकास नहुँदा बस्ती डुबानमा परेका हुन् ।


मंगलबार रातीको अविरल वर्षाका कारण धाराखोला टोल विकास संस्थाका ४८ र आदर्श टोल विकास संस्थाका ३० वटा घर डुवानमा परेका हुन् ।

 

डिपिआर सम्पन्न भई निर्माणको चरणमा रहेको रामपुर आम्बासी सडकमा समेत क्षति पुगेको छ ।

 

अविरल वर्षासँगै आएको बाढीले करिब २ सय बिघा घान खेतमा क्षति पुर्‍याएको स्थानीय धु्रवप्रसाद कोइरालाले बताए ।


‘बाढीले घर जलमग्न छन् । दुषित पानीका कारण स्थानीयको स्वास्थ्यमा समेत असर हुने भएकाले बेलैमा सम्बन्धित पक्षले सहयोग गर्नुपर्ने अवस्था छ’, कोइरालाले भने ।