close

सिन्धुलीमा पुलले ल्याएको खुसी (भिडियो खबर)

सिन्धुलीमा पुलले ल्याएको खुसी (भिडियो खबर)

ADVERTISEMENT

सिन्धुली- जनताले वर्षा याम लागेसँगै नदीमा आएको बाढी नै किन नहोस् खोला तर्नु पर्ने बाध्यता छ । खोला पार गर्ने विकल्प नहुँदा धेरैले ज्यान गुमाई सकेका छन् । वर्षाको बाढीका कारण बिरामी स्वास्थ्य संस्थासम्म जान सक्दैनन् । यस्ता स्थलमा जनताको समस्या समाधान गर्न पुल निर्माण कार्यको थालनी गरिएपनि वर्षौ सम्म निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले काम नगर्ने परिपाटी मौलाउँदै गएको छ । तर, सिन्धुलीकोे दुधौली नगरपालिका र फिक्कल गाउँपालिकामा अलपत्र पारिएका पुल जनप्रतिनिधिको पहलमा निर्माण भएर सकिने क्रममा छन् । 


सिन्धुलीको साविक रानीवास र हतपते जोड्ने यो पक्की पुल वर्षौ पछि निर्माण सम्पन्न भएको छ । कमला नदी पार गर्नका लागि निर्माण सुरु गरिएको एक दशक पछि यो पुल निर्माण सम्पन्न भएको हो । विश्व बैङ्कको ३२ करोड रुपैयाँ अनुदानमा सिन्धुलीको रानीवास र हतपते जोड्ने गरी आर्थिक वर्ष २०६८/६९ बाट निर्माण थालिएको पुल आर्थिक बर्ष २०७७/०७८ मा आएर निर्माण सम्पन्न भएपनि हस्तान्तरण भने भएको छैन । वर्षौ देखि अलपत्र रहेको पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई अहिले सहज भएको छ ।


पप्पु कन्स्ट्रक्सनले करोडौं रुपैयाँमा पक्की पुल बनाउन ठेक्का लिएको वषौं बित्दा पनि काम नगर्दा धेरै नागरिकले अकालमा ज्यान गुमाए । अझ हरेक वर्ष वर्षायामको समयमा उर्लदो बाढीमा हेलिनु पर्ने नागरिकको पीडा क मगर्न स्थानीय सरकारले निर्माण कम्पनीलाई निरन्तर ताकेता गर्‍यो । पप्पु कन्ट्रक्सन कालोसूचीमा समावेश भएपछि पुलको निर्माण गर्ने जिम्मा लुम्बिनी विल्डर्स कन्ट्रक्सनलाई दिईयो ।

 

स्थानीय सरकारको ताकेता पछि २०७६ वैशाखबाट पुल निर्माण सुरु गरेको लुम्बिनीले ५ सय ४६ मिटर लम्बाई र ७ दशमलव ५ मिटर चौडाइको पुल निर्माण सम्पन्न गरेको छ ।कमला नदीमा पुल निर्माण सम्पन्न भएपछि यतिबेला सवारी पुल वारपार गर्न थालेका छन् । जिल्लाको फिक्कल गाउँपालिकामा रहेका अलपत्र तीनवटा पुल निर्माणले समेत गति लिन थालेको छ ।

 

वर्षौ देखि अलपत्र बनेका पुल यतिबेला निर्माण भइरहेका छन् । स्थानीय सरकारको पहलपछि पुल निर्माणले गति लिएको हो । हाल बादुरा खोलाको पुल निर्माण सम्पन्न भएको छ भने सोखुखोला र खाङसाङ खोलामा पुल निर्माण भइरहेको छ । राजमार्ग भएर पनि पुल निर्माण नहुँदा यात्रुले सास्ती खेप्नु परेको थियो । यही समस्या समाधान गर्न स्थानीय सरकारको पटक-पटकको ताकेतापछि वर्षौ देखिका अलपत्र पुल धमाधम निर्माण हुदै आएका छन् । 


स्थानीय जनप्रतिनिधको पहलमा बेवारिसे अवस्थामा छाडिएका पुलले निर्माणको गति पाएका छन् । पुल निर्माण भएपछि स्थानीय जनतामा खुसियाली छाएको छ भने वर्षौदेखि वर्षातको समयमा जोखिम मोलेर खोलाको बाढीमा हेलिनु पर्ने बाध्यता समेत हट्दै गएको छ ।