close

तेस्रो भेरियन्टको जोखिम कम गर्न सबै पालिकालाई अक्सिजन कन्सन्ट्रेटर 

तेस्रो भेरियन्टको जोखिम कम गर्न सबै पालिकालाई अक्सिजन कन्सन्ट्रेटर 

Trulli
ADVERTISEMENT

कपिलवस्तु- कोरोना भाइरसको तेस्रो भेरियन्टको जोखिम कम गर्न कपिलवस्तुका सबै पालिकामा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ । 

 

सहयोग स्वरुप प्राप्त भएका अक्सिजन कन्सन्ट्रेटर पालिकाले संचालन गरेका आइसोलेसनमा प्रयोग गरिने भएको छ । कपिलवस्तुका नागरिक अगुवाहरुले संचालन गरेको साझा प्रयास अभियानबाट संकलन भएको आर्थिक सहयोगबाट सामाग्री खरिद गरिएको हो । 

 

अभियानले कन्सनट्रेटर नभएका जिल्लाका ६ पालिकालाई करिव १० लाखको लागतमा वितरण गरेको अभियानका संयोजक रविन्द्र नाथ ठाकुरले बताए ।

 
बुद्धभुमि नगरपालिका, कृष्णनगर नगरपालिका तथा यशोधरा गाउँपालिकालाई २ थानका दरले र मायादेवी गाउँपालिका, शुद्धोदन गाउँपालिका, महाराजगञ्ज नगरपालिकालाई एक थान का दरले अक्सिजन कन्सन्न्ट्रेटर हस्तान्तरण गरिएको छ । 

 

१० लिटर क्षमता भएको कन्सन्ट्रेटरको मुल्य १ लाख ६५ हजारमा खरिद भएको बताइएको छ । सहयोग पाइएका उपकरण कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने बुद्धभूमि नगरपालिका स्वास्थ्यकर्मी गोकर्णराज अर्यालले बताए  । यसै गरी कालिका स्वावलम्वन सामाजिक केन्द्रले शिवराज नगरपालिकाको आधारभूत अस्पतालका लागि १ थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा मगरले जानकारी दिए ।

 

बुद्धभूमिमा शिक्षक डायरी अनिवार्य 

पाठ योजना बनाई शिक्षण गर्नका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले शिक्षक डायरी अनिवार्य गरेको छ । कक्षा शिक्षण अगाडी शिक्षकले पाठ्ययोजना तयार गरी शैक्षणिक कृयाकलापमा सुधार ल्याउने अपेक्षा सहित सबै सामुदायिक विद्यालयमा डायरी लागु गरिने नगरपालिकाका  उपप्रमुख मिरा थारुले बताइन्  । 

 

नगरपालिका स्थापना भएपछि यो अभ्यास थालिएको थियो । यसले शिक्षकलाई समेत शिक्षण कार्यमा सघाएको जनज्योति आधारभूत विद्यालयमा प्रधानाध्यापक रविलाल घिमिरे बताउँछन् ।