close

ताप्लेजुङ रेडक्रसले ४ स्थानीय तहलाई दियो स्वास्थ्य सामग्री

ताप्लेजुङ रेडक्रसले ४ स्थानीय तहलाई दियो स्वास्थ्य सामग्री

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले ४ वटा स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । फुङ्लिङ नगरपालिकासहित फक्ताङ्लुङ गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र पाथीभरा याङ्बरक गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।


१० लिटर क्षमताका १-१ थान अक्सिजन कन्सन्ट्रेटर, १-१ थान अक्सिमिटर एवं थर्मल गन, ४-४ सेट पिपिई र ५-५ वटा स्यानिटाइजर वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाका सभापति इन्द्रबहादुर गुरुङले जानकारी दिए । कार्यक्रममा पाथीभरा याङ्बरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्वोले प्राप्त स्वास्थ्य सामग्रीले कोरोना महामारी नियन्त्रणमा सघाउ पुग्ने बताए ।


आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री अभाव टार्न विभिन्न संस्थाबाट प्राप्त सहयोगी मानव रक्षाका लागि महत्त्वको रहेको जनाए । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ लिम्बूले स्वास्थ्य सामग्रीको उचित प्रयोग र सावधानीले मात्र कोरोना संक्रमण नियन्त्रणमा आउन सक्ने हुँदा रेडक्रसको यो सहयोगबाट स्थानीय तहलाई राहत मिलेको धारणा व्यक्त गरे ।


रेडक्रसको अन्तर्राष्ट्रिय महासंघमार्फत प्राप्त स्वास्थ्य सामग्री स्थानीय समुदायको सहयोगका लागि स्थानीय तहलाई हस्तान्तरण गरिएको रेडक्रसको केन्द्रीय तदर्थ समिति सदस्यसमेत रहेका जिल्ला सभापति गुरुङले जानकारी दिए । 

 

रक्त सञ्चार व्यवस्थापन गर्न प्रतिष्ठानको १ लाख 

टीकाराम गौतम स्मृति प्रतिष्ठानले ताप्लेजुङमा सञ्चालनोन्मुख रहेको रक्त सञ्चार केन्द्रमा आवश्यक पर्ने सामग्री व्यवस्थानका लागि जिल्ला रेडक्रस सोसाइटीलाई १ लाख रुपैयाँ नगद रकम उपलब्ध गराएको छ । प्रतिष्ठानका अध्यक्ष तोयानाथ गौतमले जिल्ला रेडक्रस सोसाइटीका सभापति गुरुङलाई १ लाख रुपैयाँ नगद उपलब्ध गराएका हुन् ।


रेडक्रसको ताप्लेजुङ शाखाले केही समयपछि आकस्मिक रक्त सञ्चार सेवा सञ्चालनको तयारी गरिरहेको छ । ताप्लेजुङा अहिलेसम्म ब्लड बैंक छैन ।  प्रतिष्ठानका अध्यक्ष गौतमले रक्त सञ्चार केन्द्र सञ्चालनमा आउन सके रगतको तात्कालिक समस्या खेपिरहेकालाई सहज हुने हुँदा प्रतिष्ठानले तत्कालका लागि १ लाख रुपैयाँ सहयोग गरेको बताए ।

 

पाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाको सभापतिमै वहाल रहेका बखत ११ कात्तिक २०६३ मा निधन भएका स्व. गौतमको स्मृतिमा उनका परिवारले टीकाराम गौतम स्मृति प्रतिष्ठान सञ्चालनमा ल्याएका छन् ।