close

आधुनिक बन्दै तिलोत्तमाको आरन व्यवसाय (भिडियाे खबर)

आधुनिक बन्दै तिलोत्तमाको आरन व्यवसाय (भिडियाे खबर)

ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीलाई आधुनिक औजार तथा उपकरण उपलब्ध गराएको छ । लोप हुन लागेको आरन व्यवसायलाई संरक्षण गरेर आधुनिकीकरण गर्न नगरपालिकाले विभिन्न औजार तथा उपकरण निःशुल्क उपलब्ध गराएको हो । 


कृषि क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने आरन व्यवसायलाई समयसापेक्ष बनाउँदै व्यवसायीको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाले विभिन्न औजार तथा उपकरण उपलब्ध गराएको नगर उप-प्रमुख जागेश्वरदेवी चौधरीले बताइन् ।

 

नगरपालिकाले वडा कार्यालयको सिफारिसको आधारमा ८ जना आरन व्यवसायीलाई औजार तथा उपकरण प्रदान गरेको छ । नगर उप-प्रमुख चौधरीले प्राप्त उपकरणको उपयोग गरी आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न व्यवसायीलाई आग्रह गरिन् । 

 

व्यवसायीको मागका आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै तिनको उत्थान, विकास र सशक्तीकरणका अन्य कार्यक्रम सञ्चालन गरिने नगर प्रवक्ता सुरेन्द्र श्रीले बताए । नगरपालिकाले व्यवसायीलाई ड्रिल मेसिन, पंखा, बेल्डिङ मेसिन, गेलेन्डरलगायत औजार प्रदान गरेको हो ।


पुस्तौँदेखि आरनको काम गर्दै आए पनि हालसम्म राज्यबाट कुनै पनि सहयोग प्राप्त नभएको अवस्थामा नगरपालिकाले औजार तथा उपकरण प्रदान गरेपछि पेसा अगाडि बढाउन सहयोग पुग्ने वडा नम्बर ११ का कृष्णबहादुर विश्वकर्माले बताए । 


कार्यपालिका सदस्य एचबी रम्तेलले आधुनिक उपकरण नहुँदा आरन व्यवसाय संकटमा पर्दै गएको पाइएपछि नयाँ पुस्तालाई यो पेसामा आकर्षण बढाउन नगरपालिकाले उपकरणमा सहयोग गरेको जानकारी दिए । तिलोत्तमामा हाल २० जना आरन व्यवसायमा रहेको अनुमान छ ।