close

स्वास्थ्य मन्त्रालयकाे चेतावनी: स्वास्थ्य मापदण्ड पालना नगरिए तेस्रो लहर पक्का 

स्वास्थ्य मन्त्रालयकाे चेतावनी: स्वास्थ्य मापदण्ड पालना नगरिए तेस्रो लहर पक्का 

Trulli
ADVERTISEMENT

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी नियन्त्रण्का लागि जारी निषेधाज्ञा खुकुलो भएपछि साता दिनयता कोरोना संक्रमण दर पुनः बढेको बताएको छ ।


मन्त्रालयले विज्ञप्ति जारी गरी महामारीको तेस्रो लहर सुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

 

निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुलमखुला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेकाले मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो, त्यति नघटेको उल्लेख गरेको छ ।


अहिले पनि १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेकाले संक्रमणको जोखिम अझै बढिरहेको मन्त्रालयले बताएको छ । 


मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोप केन्द्रमा हुने भीडले पनि संक्रमणको जोखिम बढाएको छ । खोप पालो परेको दिन लगाउन र स्वास्थ्य मापदण्ड अपनाउन नागरिकलाई आग्रह गरेको छ ।


‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ दृष्टिगत गर्दै सबै स्वास्थ्य संस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तथा सेवा चुस्त-दुरुस्त राख्न अनुरोध छ’ मन्त्रालयले सचेत गराएको छ ।