close

लक्ष्मी बैंकको युरोकप योजनाका विजेता बने खाती

लक्ष्मी बैंकको युरोकप योजनाका विजेता बने खाती

Trulli
ADVERTISEMENT

काठमाडौं- लक्ष्मी बैंकले सुरु गरेको ३ साता लामो ‘युरो कप विथ फोनलोन’ योजनाका विजेता घोषणा गरेको छ ।


योजनाको विजेता बैंकका ग्राहक अशोककुमार खाती घोषणा भएका छन् । उनले सामसुङ को ५५ इन्चको स्मार्ट टिभी जितेको बैंकले बताएको छ ।

 

बैंकले उक्त योजना १ देखि २३ असारसम्म सञ्चालन गरेको थियो । यसमा फोनलोन सन्जालका ५ वटा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ता सहभागी हुन सक्ने प्रावधान थियो ।


योजनामा सहभागी हुन प्रयोगकर्ताले सो अवधिभित्र फोनलोनमार्फत कर्जा लिनुपर्ने थियो । विजेता छनोट फोनलोनको विनर सेलेक्सन सफ्टवेयरद्वारा गरिएको बैंकले बताएको छ । 


यो योजनामा फोनलोनले ग्राहकलाई कागजरहित, धितोरहित स्मार्ट लोन सुविधाबारे जानकार गराएको छ ।