close

अरनिको राजमार्गमा उम्रिएका घाँस उखेल्दै सूर्यविनायक

अरनिको राजमार्गमा उम्रिएका घाँस उखेल्दै सूर्यविनायक

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने अरनिको राजमार्ग सरसफाइ गरेको छ । पालिकाको आयोजनामा सूर्यविनायक चोकदेखि राधेराधे चोकसम्मको सडकमा रहेको घाँस उखेलिएको हो । 

 

६ जना स्थानीय महिलालाई काम दिएर पालिकाले सडकमा उम्रिएको घाँस उखेलेको हो । सडकको बीचमा रोपेका रुख–बिरुवा र फूललाई बचाउन नगरपालिकाले घाँस उखेलेको हो ।

 

सडकमा उम्रेका अनावश्यक घाँसले दुबो, फूल र रुख हराउँदै गएकाले त्यसलाई बचाउन पालिकाले यो कार्यक्रम ल्याएको नगर उपप्रमुख जुना बस्नेतले जानकारी दिइन् ।  १ साउनदेखि सञ्चालन गरिएको सफाइ कार्यक्रममा ६ जना स्थानीयले रोजगारी पाएको उनको भनाइ छ ।

 

बस्नेतका उनका अनुसार सफाइ कार्यक्रम सूर्यविनायक चोकदेखि राधेराधेमा रहेको पुलसम्म समेटिनेछ । ‘हामीले सडकको वातावरण संरक्षणका लागि उक्त कार्यक्रम ल्याएका हौँ । निश्चित समय तोकेका छैनौँ । अब कति दिन लाग्छ, सकेपछि मात्र थाहा हुन्छ,’ उनले भनिन्, ‘काम सकेपछि पारिश्रमिक निर्धारण गरेर दिनेछौँ ।’

 

सडक सफाइमा निस्किएको झारलाई सरसफाइ गाडीमा राखी सम्बन्धित क्षेत्रमा व्यवस्थापन गर्न लागिएको सूचना अधिकारी अनिरुद्र नेपालले बताए ।