close

सुर्खेतमा थपियो निषेधाज्ञा

सुर्खेतमा थपियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

सुर्खेत- कर्णाली प्रदेश मुकाम सुर्खेतमा निषेधाज्ञा लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बिहीबार जारी गरेको विज्ञप्तिमा १५ साउनसम्म निषेधाज्ञा लम्बिएको सूचना जारी गरेका हुन् ।


गत १४ वैशाखदेखि जारी निषेधाज्ञा सुर्खेतमा अझै हटेको छैन । पछिल्लो थपिएको निषेधाज्ञा आउँदो १५ साउनसम्म लम्बिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।


फलफूल र दुग्धजन्य पदार्थका पसल भने बिहान ६ देखि बेलुकी ६ बजेसम्म खोल्ने पाइने प्रमुख जिल्ला अधिकारी रिजालले जारी गरेको आदेशमा उल्लेख छ ।