close

सुत्केरी व्यथा लागेको १८ घन्टापछि सेनाको हेलिकोप्टरबाट महिलाको उद्दार

सुत्केरी व्यथा लागेको १८ घन्टापछि सेनाको हेलिकोप्टरबाट महिलाको उद्दार

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको अदानचुली गाउँपालिकाबाट एक जना सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत उद्दार गरेर उपचारका लागि काठमाडौं लगिएको छ । अदानचुली गाउँपालिकाको वडा नम्बर ५ बारीगाउँकी १८ वर्षीया सुनकेशा ऐडीको उद्दार गरिएको हो ।

 

सुत्केरी व्यथा लागेको करिब १८ घन्टा बढी समयसम्म ती महिलाले बच्चा जन्माउन सकेकी थिइन् । त्यसपछि महिला, बालबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार अपराह्न ५ बजे सुत्केरी महिलाको उद्दार गरिएको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

 

बुधबार रातीबाट घरमै सुत्केरी व्यथा लागेर सिकिस्त बनेकी ऐडीलाई नजिकैको लौठी स्वास्थ्य चौकी बारीगाउँमा राखेर उपचार गर्दा पनि बच्चा नजन्मिँदा व्यथाले च्यापेको थियो ।

 

स्वास्थ्य चौकीमा १८ घन्टा बढी समय राख्न नमिल्ने भएकाले सुर्खेतका लागि रिफर गरेको स्वास्थ्य चौकी इन्चार्ज विनोद बुढाले बताए । सुत्केरी महिलाको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी अहिले सुर्खेत लगिएको छ ।