close

काठेखालाको विवरण अब डिजिटल प्रोफाइलमा (भिडियो खबर)

काठेखालाको विवरण अब डिजिटल प्रोफाइलमा (भिडियो खबर)

ADVERTISEMENT

बागलुङ- सडक बनाउने, भवन बनाउने, पानी ल्याउने र कर्मचारीको नियुक्ती तथा सरुवा बढुवामा स्थानीय तह केन्द्रित छन् । सफ्टवेयरका कार्यक्रम भन्दा हार्डवेयरका कार्यक्रम गर्दा उपलब्धी पनि ह्ने र खर्च पनि देखिने भएकाले स्थानीय तहले सडक भत्काउने जस्ता काममा धेरै लगानी गर्छन् । तर, बागलुङको काठेखोला गाउँपालिकाले भने प्रविधिसँग सँगसँगै हुने भन्दै गाउँको वस्तुगत विवरणलाई प्रविधि मैत्री बनाएको छ । गाउँपालिकाले डिजिटल प्रोफाईल तयार गरेको हो । 


गाउँपालिकाका सबै घरधुरीको विवरण प्रविष्ट गरिएको प्रोफाईल तयार गरेको हो । गाउँ विकासको लागि योजना निर्माण र डिजिटल माध्यमबाट जानकारी लिन चाहनेका लागि तयार भएको प्रोफाईलले सहयोग गर्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले तयार गरेको ‘डिजिटल प्रोफाईल’ सार्वजनिक गर्ने तयारी समेत गरेको छ । 

 

अब काठेखोलाका हरेक घटना र विवरण क्षणभरमै संसारको जुनसुकै कुनामा बसेर हेर्न र बुझ्न सकिने छ । प्रोफाईल अपडेट गर्न कर्मचारीलाई तयार गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको भौगोलिक अवस्थादेखि कला संस्कृति र जनसंख्यासम्मका विवरण प्रोफाईलमा भेटिने दावी पालिाकाको छ । 

 

काठेखोलाको विषयमा बुझ्न अब गाउँपालिका आउनु नपर्ने झन्झट हटेको छ । व्यक्तिगत घटना दर्ता, राजश्वको भुक्तानी, योजनाको सम्झौता तथा फरफारक लगायतका काम डिजिटल माध्यमबाट सुरु गरिसकेको गाउँपालिकाले स्मार्ट गाउँपालिका बनाउनकै लागि डिजिटल प्रोफाईल तयार गरेको जनाएको छ ।

 

हरेक घरको तस्वीर प्रोपाईलमा छ । घरमा रहेका सदस्य संख्या र उनीहरुको सबै विवरण त्यहाँ राखिएको छ । थपघट हुँदा जोड्ने र घटाउने काम सार्वजनिक भएपछि सुरु हुने बताइएको छ  । प्रोफाईल तयार गर्नका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा २५ खाल रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्रविधिको विकाससँगै विवरणलाई पनि आधुनिक तरिकाबाट सुरक्षण गरिएको छ ।