close

वडा सदस्यको गयो मान, बालिका बचत खातामा हलेसीकाे ध्यान (भिडियो खबर)

वडा सदस्यको गयो मान, बालिका बचत खातामा हलेसीकाे ध्यान (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) जिल्ला अस्पताल तेह्रथुम परिसरमा आइसोलेसन भवन निर्माण, म्याङलुङ नगरपालिकाका प्रमुख संजय तुम्वाहाङफेले आइसोलेसनको चावी अस्पताललाई गरे हस्तान्तरण ।

 

२) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र विषयगत क्षेत्रका विज्ञसहितको बैठक काठमाडौंमा सम्पन्न, मेचम्चीमा बाढीले गरेको क्षतिको विषयमा नगरप्रमुख डम्बर अर्यालले प्राधिकरणलाई जानकारी गराए ।

 

३) रोल्पामा बलात्कार घटनामा मिलापत्र गरेको आरोपमा लुङ्ग्री गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य हिमबहादुर विष्टसहित सात जना पक्राउ, पक्राउ परेकाहरुमाथि प्रहरीले थाल्यो अनुसन्धान  ।

 

४) खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बालिका बचत कार्यक्रम सुरु गर्‍यो, कार्यक्रम अन्तरगत पालिकाले छोरीको खातामा वार्षिक ४ हजारका दरले रकम जम्मा गरिदिने ।

 

५) रौतहटको गौर नगरपालिका वडा नम्बर १ वडा कार्यालयबाट सेवा दिन थालियो, नवनिर्मित भवनको नगर प्रमुख अजय गुप्ता र वडाध्यक्ष भरत साहले संयुक्त रुपमा गरे उद्घाटन ।

 

६) मकवानपुरको थाहा नगरपालिकाले कृषक तथा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा जै घाँसको बिउ वितरण गर्ने, बिउ लिन इच्छुकले अनुदान रकम पालिकामा १८ साउनभित्र बुझाउनुपर्ने ।

 

७) तनहुँको बन्दीपुर गाउँपालिकाले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दुध बिक्री गर्दै आएका किसानलाई अनुदान दिन थाल्यो, पालिकाले प्रतिलिटर एक रुपैयाँ अनुदान दिने ।

 

८) उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट सञ्चालन गर्न आर्थिक सहयोग जुट्दै, पालिकालाई सहयोग गर्नेहरू बढ्दै ।

 

९) सिन्धुलीको आइसोलेसन भवनका लागि मरिण गाउँपालिकाले फ्रिज प्रदान गर्‍यो, पालिका अध्यक्ष पानीराज बम्जनले गरे हस्तान्तरण ।

 

१०) निषेधाज्ञा खुकुलो भएसँगै झापामा कोरोना संक्रमित बढ्न थाले, दमक नगरपालिकाले साउन ११ गतेदेखि साउन १७ गतेसम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा लागू गर्ने ।

 

११) रूपन्देहीको तिलोत्तमा नगरपालिकामा फोहोरमैला व्यवस्थापनको लागि हरित पुनःउत्थान प्रवद्र्घन परियोजना सुरु, परियोजनाले फोहोरमैला व्यवस्थापनमा ४० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने ।

 

१२) पहिरोले ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ९ पोकलीका आठ घर विस्थापित, पहिरोका कारण टोल नै जोखिममा परेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारियो ।

 

१३) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता ।

 

१४) कोरोना संक्रमित बढेपछि झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ ले शनिश्चरे बजार बन्द गर्‍यो, समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गएपछि बुद्धशान्ति गाउँपालिका पनि सिल ।

 

१५) नवलपुरको हुप्सेकोट गाउँपालिकाले गाउँसभा सदस्य विष्णुमाया विकको निधनको शोकमा पालिकाको सम्पूर्ण सेवा बन्द गर्‍यो ।