close

बजेट खर्च गर्नै सकेनन् मुगुका पालिकाले 

बजेट खर्च गर्नै सकेनन् मुगुका पालिकाले 

Trulli
ADVERTISEMENT

मुगु–  मुगुका स्थानीय तहका आर्थिक वर्ष २०७७/७८ को बजेटको ठूलो हिस्सा फ्रिज भएको पाइएको छ । 

 

जिल्लाका ४ वटा स्थानीय तह मध्ये सोरु गाउपालिकामा मात्र तुलनात्मक रुपमा कम रकम फ्रिज भएको तथ्यांक छ । जिल्ला भित्र रहेका संघीय कार्यालय र ४ वटा स्थानीय तहले निकासा गरेको जम्मा बजेट २ अर्ब ६४ करोड ७८ लाख ६ सय २६ रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जनाएको छ ।   

 

कार्यालयका अनुसार स्थानीय तहको बजेट हेर्दा आर्थिक वर्ष २०७७÷७८ को बजेट मुगुम कार्मारोग गाउपालिकाको ३ वटा  शीर्षक (समानिकरण, सर्सत र पुंजीगत अनुदान) गरि २२ करोड ३४ लाख ८९ हजार १ सय ६० मा निकासा भएकोमा २२ करोड  २९ लाख ४ हजार १ सय ६० रुपैयाँमात्र खर्च भएको छ । 

 

खत्याड गाउपालिकाको समानिकरण, सशर्त विशेष अनुदान र समपुरक गरि जम्मा विनियोजित बजेट ४० करोड , २७ लाख  ९७  हजार ८ सय ९० रुपैयाँ छ भने यो मध्ये ३९ करोड ६१ लाख, ८५ हजार २ सय ७४ रुपैयाँमात्र खर्च भएको छ । 


यस्तै छायानाथ रारा नगरपालिकाको ४ वटै शिर्षकमा विनियोजित बजेट ४६ करोड  ५५ लाख  ७२ हजार ३ सय ५० रुपैयाँमध्ये  ४६ करोड १४ लाख ६४ हजार १ सय ५० रुपैयाँमात्र खर्च भएको छ । 


सोरु गाउपालिकाको समानिकरण र सर्शत अनुदान बाट विनियोजित बजेट ३१ करोड ४५  लाख ७ हजार ८० मध्ये ३१ करोड १५ लाख ५७ हजार ८० रकम खर्च भएको छ । 
 
कार्यालयका अनुसार अन्य स्थानीय तह भन्दा सोरु गाउपालिकाको कम रकम फ्रिज देखिएकोे कोष नियन्त्रक लक्ष्मी कृष्ण हमालले जानकारी दिए । 

 

जिल्लाका ४ वटै स्थानीय तहको असार महिना अन्तिमसम्मको बजेट अनुसार १ करोड ४२ लाख ५५ हजार ८ सय १५ रुपैया ५६ पैसा अर्थात शुन्य दशमलव ९४ प्रतिशत मात्र जिल्लाका स्थानीय तहको रकम खर्च नभएको हमालको भनाई छ । 

 

३१ असारसम्मको तथ्यांक अनुसार १ अर्व ३९ करोड  २१ लाख १० हजार ६ सय ६५ अर्थात ९९ दशमलव ०६ प्रतिशत मात्र रकम निकासा गरिएको जनाईएको छ । कार्यालयले दिएको जानकारी अनुसार असार ३१ सम्म संघ र स्थानीय तह गरी जम्मा १२ करोड ४४ लाख ७३ हजार ५ सय १५ रुपैया ४२ पैसा राजस्व संकलन भएको हमालको भनाइ छ ।