close

स्वास्थ्य मन्त्रालयको चेतावनी: १५ असोजदेखि कोरोनाको तेस्रो लहर आउन सक्छ

स्वास्थ्य मन्त्रालयको चेतावनी: १५ असोजदेखि कोरोनाको तेस्रो लहर आउन सक्छ

Trulli
ADVERTISEMENT

काठमाडौं- जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर १५ असोजदेखि आउन सक्ने प्रक्षेपण गर्दै नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

 

मन्त्रालयले संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका प्रयासको विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै १५ असोजदेखि संक्रमणको तेस्रो लहर आउन सक्ने बताएको हो ।

 

समितिको बैठकमा मन्त्रालयका सहसचिव गंगा लोहनीले मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावना रहेको सुनाए । भेरियन्टको स्वरूप, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डको पालना स्तरले यसलाई अगाडि वा पछाडि धकेल्न सक्ने उनले औँल्याए ।