close

बाढीपीडितलाई प्रधानमन्त्रीको आस, झापामा कोरोनाको त्रास (भिडियो खबर)

बाढीपीडितलाई प्रधानमन्त्रीको आस, झापामा कोरोनाको त्रास (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकासँगै हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका बाढीपहिरो प्रभावितले प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाए, सरकारी सहयोग पठाउन र तटबन्धको व्यवस्था गर्न माग ।

 

२) उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारमा गोर्खाज फाइनान्सको शाखा स्थापना, नगरप्रमुख खगेन्द्र राईले गरे शाखाको उद्घाटन ।


 ३) नवलपुरको मध्यबिन्दु नगरपालिकाले अनलाइन प्रणालीबाट राजस्व संकलन सुरु गर्‍यो, नगरबासीले अब घरबाटै कर तिर्न सक्ने ।

 

४) बालीनाली नष्ट गरेपछि बाँदर नियन्त्रणका लागि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ मा बाँदर धपाऔँ अभियान सुरु, कृषकलाई अन्नबाली जोगाउनै मुस्किल ।

 

५) स्थानीय पाठ्यक्रम बनाउन जुट्यो बागलुङ नगरपालिका, चालू शैक्षिक सत्रमा पाठ्यक्रम लागू गर्ने पालिकाको योजना ।

 

६) काठमाडौंको कीर्तिपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा हाजिर, सापकोटालाई जनप्रतिनिधि र कर्मचारीले गरे स्वागत ।

 

७) कास्कीको पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरीद गर्न अनुदान दियो, पालिकाको सहयोगले कृृषकलाई आयआर्जनमा सहयोग पुग्ने ।

 

८) सार्वजनिक निजी साझेदारीमा काभ्रेको पाँचखाल नगरपालिकामा स्मार्ट सिटी परियोजनामा लगानी, निर्माण एवं सञ्चालनसम्बन्धी नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच समझदारीपत्रमा हस्ताक्षर ।

 

 ९) स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिकामा स्थायी बसोबास भएका कोभिड-१९ प्रभावित सार्वजनिक यातायात व्यवसायीलाई करमा २० प्रतिशत अनुदान दिने, व्यवसायीले कागजात पालिकामा पेस गर्नुपर्ने ।

 

१०) भक्तपुर नगरपालिकाको आयोजनामा कर्मचारीका लागि एक महिने सांकेतिक भाषा तालिम जारी, कार्यक्रममा २० जनाको सहभागिता ।


११) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले परिचयपत्र नवीकरण नगरे चालू आर्थिक वर्षको भत्ता नदिने, साउन मसान्तसम्म परिचयपत्र नवीकरण गर्न पालिकाले जारी गर्‍यो परिपत्र ।

 

१२)  गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझाउन उदयपुरको बेलका नगरपालिकाले सहकारी संस्थालाई गर्‍यो ताकेता, प्रतिवेदन सात दिनभित्र बुझाउनुपर्ने ।

 

१३) ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले शीतभण्डार निर्माणका लागि जग्गा खरिद गर्ने, इच्छुकले २१ साउनभित्र उपयुक्त प्रकृतिको जग्गा बिक्रीका लागि नगर कार्यपालिकामा प्रस्ताव पेस गर्नुपर्ने ।

 

१४) काभ्रेको धुलिखेल नगरपालिका र विकलांग मित्र समूहले अपांगता भएका बालबालिकालाई सहायता सामग्री वितरण गरे, सहयोग सामग्रीले लक्षित समूह लाभान्वित हुने ।

 

१५) कोरोना संक्रमित बढेपछि झापाको दमक नगरपालिकाले १७ साउनसम्म पालिका क्षेत्रभित्र निषेधाज्ञा लागू गर्‍यो, कन्काई नगरपालिका र बुद्धशान्ति गाउँपालिका पनि सिल ।

 

१६) काठमाडौंको तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाबाट गत आर्थिक वर्षको प्रगतिबारे समीक्षा, कार्यक्रममा जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सहभागिता ।

 

१७) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता ।

 

१८) अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष ईश्वरी भुसालको कोरोना संक्रमणबाट निधन, भुसालको निधनको शोकमा १७ साउनमा पालिका र वडा कार्यालय बन्द गर्ने कार्यपालिका बैठकको निर्णय ।

 

१९) बर्दियाको बारबर्दिया नगरपालिको कार्यालयमा भू-सेवा केन्द्रले सेवा दिन थाल्यो, भूमिसुधार तथा मालपोत कार्यालयले दिने सेवा केन्द्रले प्रदान गर्ने ।


२०)  सुनसरीको धरानका तत्कालीन प्रधानपञ्च सूर्यप्रसाद उपाध्यायको निधनको शोकमा धरान उपमहानगरपालिका र मातहतका कार्यालय बन्द ।