close

कर्णाली प्रदेशमा कोभिडविरुद्धको खोप अभियान

कर्णाली प्रदेशमा कोभिडविरुद्धको खोप अभियान

Trulli
ADVERTISEMENT

सुर्खेत- कर्णाली प्रदेशमादेखि कोभिडविरुद्धको खोप अभियान सुरु भएको छ ।  अभियानअन्तर्गत कर्णालीका ७६ हजार बढी नागरिकलाई खोप लगाइनेछ । यसका लागि ५९ हजार डोज भेरोसेल र १७ हजार २ सय डोज जोन्सन एन्ड जोन्सन खोप आएको छ । 


स्वास्थ्य सेवा निर्देशनालयका अनुसार मंगलबारदेखि १० वटै जिल्लाले आफूलाई पायक पर्ने स्थान र समयमा खोप अभियान सञ्चालन गर्नेछन् । सुर्खेतका सबै स्थानीय तहले खोप अभियान सुरु गरेका छन् । 


स्थलमार्ग हुँदै खोप ढुवानी हुने जिल्लामा खोप पुगिसकेको छ भने अन्य जिल्लामा पनि पठाउने तयारी भइरहेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।


उनका अनुसार सल्यान दैलेख, रुकुमपश्चिम र जाजरकोटमा स्थलमार्ग हुँदै सोमबार नै खोप पुगेको छ भने हवाईमार्गबाट मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालीकोटमा पनि ढुवानी भइरहेको छ । 


‘खोप लगाउन उमेर खुल्ने कागजात (नागरिकता, सवारी चालक अनुमतिपत्र वा वडाको सिफारिस) अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ’, चौधरीले भने । 


त्यस्तै, विश्वविधालयका प्राध्यापक, शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि यो चरणमा खोप लगाइनेछ । 


प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हालसम्म १ लाख ७ हजार ३ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 


यसमध्ये २८ हजार ८ सय ४८ जनाले कोभिसिल्ड खोपको दोस्रो डोज लगाइसकेका छन् । उनका अनुसार २२ हजार ५ सय ७० ले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् ।