close

हेटौंडामा शव वाहनको चर्चा, प्रसौनीका विद्यार्थीलाई भत्ता (भिडियो खबर)

हेटौंडामा शव वाहनको चर्चा, प्रसौनीका विद्यार्थीलाई भत्ता (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) कैलालीको धनगढी उपमहानगरपालिकाले कोभिड खोप लगाउने कार्यलाई व्यवस्थित गर्‍यो, अनलाइन नाम दर्ताका लागि १९ वटै वडामा स्वयं सेवक परिचालन ।

 

२) म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यक्रम तयार पार्‍यो, पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू हुने ।

 

३) सामुदायिक विद्यालयका शिक्षकहरूलाई सम्पत्ति विवरण बुझाउन सिन्धुपालचोकको हेलम्बु गाउँपालिकाले  दियो निर्देशन, साउन २९ गतेभित्र विवरण बुझाउनुपर्ने ।

 

४) पाल्पाको रम्भा गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क सिमकार्ड उपलब्ध गराउन थाल्यो, विद्यार्थी र शिक्षकले एकआपसमा फोन गर्दा पैसा नलाग्ने ।

 

५) कास्कीको पोखरा महानगरपालिकाले सिर्जना चोकमा अकासे पुल सञ्चालनमा ल्यायो, पैदलयात्रीलाई आवतजावतमा सहज ।

 

६) डोटीको शिखर नगरपालिका वडा नम्बर १ ले व्यावसायिक आरन सञ्चालन गर्नेहरूलाई आधुनिक आरन निःशुल्क वितरण गर्‍यो, आयआर्जनमा सहयोग पुग्ने ।

 

७) जाजरकोटको नलगाड नगरपालिकाले चन्दननाथ गणलाई उद्धार सामग्री प्रदान गर्‍यो, नगरप्रमुख टेकबहादुर रावलले गरे हस्तान्तरण ।

 

८) कोरोना संक्रमण बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्‍यो, कार्यालयबाट प्रवाह हुँदै आएको सेवा १८ साउनसम्म बन्द ।

 

९) गुल्मीको मालिका गाउँपालिकाले अनलाइन प्रणालीबाट राजस्व संकलन सुरु गर्‍यो, पालिकाबासीले अब घरबाटै कर तिर्न सक्ने ।

 

१०) कोरोना संक्रमणको जोखिम बढेपछि मोरङको उर्लाबारी नगरपालिकाद्वारा १९ साउनसम्म सम्पूर्ण सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय, संक्रमण नियन्त्रण बाहिर गएपछि झापाका पालिका पनि धमाधम सिल ।

 

११) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन, खोप लगाउन नागरिकको केन्द्रमा भीड ।

 

१२) पहिरोका कारण बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ९ स्थित तल्लादेहीका १४ घरमा क्षति, विस्थापितलाई लोखाडी आधारभूत विद्यालयमा सारियो, बस्ती नै उच्च जोखिममा ।

 

१३) काभ्रेको पनौती नगरपालिकाले वडा नम्बर ४ का कृषक समूहलाई विभिन्न कृषि सामग्री प्रदान गर्‍यो, सागग्री पाउँदा कृषक दंग ।

 

१४) स्याङ्जाको गल्याङ नगरपालिकाको नगर अस्पताललाई स्थानीय कुलानन्द खनालको पहलमा नेपलिज् युथ ग्रुप अस्ट्रेलियाले दियो विभिन्न स्वास्थ्य सामग्री, सामग्रीले कोरोना नियन्त्रणमा सहयोग पुग्ने ।

 

१५) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकासँगै हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका बाढीपहिरो प्रभावितलाई सहयोग जुट्दै, संघ-संस्था र व्यक्तिले नगदसँगै विभिन्न सामग्री सहयोग गर्दै ।

 

१६) कोरोना संक्रमण बढेपछि बागलुङका स्थानीय तहले पुनः कडाइ गर्न थाले, बागलुङ नगरपालिकाले अत्यावश्यकबाहेक सेवा बन्द गर्‍यो, जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार पनि बन्द ।

 

१७) बाराको प्रसौनी गाउँपालिका शिक्षामा लगानी बढाउँदै, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पालिकाले खाजा भत्ता वितरण गर्‍यो । 

 

१८) मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले निःशुल्क शव वाहन सेवा सुरु गर्‍यो, शव काँधमा बोकेर आर्यघाटसम्म लैजानु नपर्ने ।

 

१९) महोत्तरीको गौशाला नगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानीसम्बन्धी  छलफल सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र बैंकका प्रतिनिधिको सहभागिता ।

 

२०) कपिलवस्तुको विजयनगर गाउँपालिकाले एक जना उद्यम विकास सहजकर्ता नियुक्त गर्ने, इच्छुकले ७ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।