close

अत्यधिक रक्तश्रावले सिकिस्त भएपछि सेनाको हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्दार

अत्यधिक रक्तश्रावले सिकिस्त भएपछि सेनाको हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्दार

Trulli
ADVERTISEMENT

सुर्खेत– अत्यधिक रक्तश्राव भएपछि दैलेखबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्दार गरिएको छ । 

 

दैलेखको पश्चिम आठबीस नगरपालिका वडा नम्बर ९ छेपाडीकी २५ वर्षीया जुना विक अत्यधिक रक्तश्रावका कारण सिकिस्त भएसँगै २० घन्टापछि बुधबार उद्दार गरिएको हो । 

 

‘हिजो नै हेलिकोप्टरमार्फत उद्दार गर्ने तयारी थियो तर मौसम खराबीका कारण हुन सकेन’, जुनाका जेठाजु प्रभाकुमार विश्वकर्माले भने, ‘नवजात शिशुको अवस्था सामान्य छ । बुहारीलाई छिट्टै निको भइदिए हुन्थ्यो ।’

 

जिल्ला प्रशासन कार्यालय दैलेखको पहलमा जुनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार थालिएको विश्वकर्माले बताए ।

 

मंगलबार मौसम खराबीका कारण हेलिकोप्टरमार्फत उद्दार हुन नसकेपछि जुनाका आफन्तले ३ घन्टा हिँडेरै ठाटीकाँध गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा स्टे«चरमा बोकेर पु-याएका थिए । प्राथमिक स्वास्थ्य केन्द्रमा पनि उपचार नहुँदा २० घन्टापछि बुधबार उद्धार गरिएको हो ।