close

विद्यार्थीलाई सिमकार्ड, बालबालिकालाई एचडियु वार्ड (भिडियो खबर)

विद्यार्थीलाई सिमकार्ड, बालबालिकालाई एचडियु वार्ड (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर 

 

१) दाङको तुलसीपुर उपमहानगरपालिकाले चार वर्षमा गरेका उपलब्धिका विषयमा चलायो छलफल, समृद्ध तुलसीपुर पुस्तक पनि विमोचन ।

 

२) वैकल्पिक सिकाइका लागि सर्लाहीको बागमती नगरपालिकाले विद्यार्थीलाई इन्टरनेट प्याकेजसहितको नेपाल टेलिकमको सिमकार्ड वितरण गर्‍यो, पठनपाठनमा सहज हुने ।

 

३) कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको कागजपत्र अख्तियारले लियो नियन्त्रणमा, सडक निर्माणसम्बन्धीका योजना सम्पन्न नभई भुक्तानी दिएको खुलासा ।
 

 

४) ठेकेदारले समयमै सडक निर्माण नगरेपछि गोरखा नगरपालिका वडा नम्बर ४ ढुंगागाडेमा जनप्रतिनिधि र स्थानीयले सडकमै रोपे कोदो, सवारी चालक र पैदल यात्रीलाई सास्ती ।

 

५) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान जारी, खोप लगाउन नागरिकको केन्द्रमा भीड ।

 

६) नेपाल नगरपालिका संघको आयोजनामा धनुषाको जनकपुरमा कार्यविस्तृतीकरण कार्यान्वयन र पुनरावलोकनसम्बन्धी अन्तरक्रिया सम्पन्न, कार्यक्रममा जनप्रतिनिधिलगायतको सहभागिता ।

 

७) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति व्यवस्थापनका लागि ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी ऐन प्रयोगमा ल्यायो, छात्रवृत्ति पाउनेले पालिकासँग कवुलियतनामा गर्नुपर्ने ।

 

८) तेस्रो चरणको कोरोनासँग जुध्न भक्तपुरको मध्यपुर थिमि नगरपालिका तयारी अवस्थामा, ९ बेडको एचडियु बालबालिका लागि छुट्याइयो ।

 

९) जनतासँग मेयर कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ का स्थानीयसँग नगरप्रमुख अमानसिंह तामाङले विकास निर्माणका विषयमा छलफल गरे, स्थानीयले प्रमुख तामाङसँग राखे विभिन्न माग ।

 

 १०) पाल्पाको तानसेन नगरपालिकाको आइसोलेसन सेन्टरका लागि सिआरएस नेपालको आर्थिक सहयोगमा कारितास नेपालले विभिन्न स्वास्थ्य सामग्री प्रदान गर्‍यो, सामग्रीले कोरोना नियन्त्रणमा सहयोग पुग्ने ।

 

११) सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजार पाउनुपर्ने माग गर्दै बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रका बालशिक्षक आन्दोलित, बालशिक्षकले पालिकाका तालाबन्दी गरे ।

 

१२) लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ७ को कार्यालय भवन निर्माण गरिने, भवनको गरियो शिलान्यास ।

 

१३) मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा रहेको चुरियामाई सुरुङको पुनर्निर्माण गरिने, मुख्यमन्त्री डोरमणि पौडेलले गरे सुरुङको शिलान्यास ।

 

१४) कोरोना संक्रमणकाे जोखिम बढेपछि झापाका १० पालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द, संक्रमण नियन्त्रणमा लिन जनप्रतिनिधि र स्वास्थ्यकर्मीले निगरानी बढाए ।

 

१५) पाल्पाको रम्भा गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क सिमकार्ड उपलब्ध गराउन थाल्यो, विद्यार्थी र शिक्षकले एकआपसमा फोन गर्दा पैसा नलाग्ने ।

 

१६) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकासँगै हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका बाढीपहिरो प्रभावितलाई सहयोग जुट्दै, संघ-संस्था र व्यक्तिले नगदसँगै विभिन्न सामग्री सहयोग गर्दै ।

 

१७) काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ को सुविधासम्पन्न वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न, दुई वटै कार्यालयबाट सेवा दिन थालियो ।

 

१८) कोरोना संक्रमण बढेपछि गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ सिल, अत्यावश्यकबाहेकका सबै सेवा बन्द ।

 

१९) कैलालीको गोदावरी नगरपालिकाले करारमा विभिन्न पदमा कर्मचारी नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।

 

२०) झापाको गौरादह नगरपालिकाका कर्मचारी पत्रलाल तामाङको कोरोना संक्रमणका कारण निधन, तामाङको निधनको शोकमा पालिका र मातहतका कार्यालय बन्द ।