close

गढीको संग्रहालयमा नेपाल–अंग्रेज युद्ध अनुभूति गर्न पाइने (भिडियो खबर)

गढीको संग्रहालयमा नेपाल–अंग्रेज युद्ध अनुभूति गर्न पाइने (भिडियो खबर)

ADVERTISEMENT

सिन्धुली- राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्दर ऐतिहासिकस्थल सिन्धुलीगढीमा युद्ध संग्रहालय उद्घाटन गरेकी छन् । गोर्खाली सेनाले ब्रिटिस सेना (इस्ट इण्डिया कम्पनी) लाई पराजित गरेको ऐतिहासिक तथ्यलाई जीवन्त बनाउन नेपाली सेनाले निर्माण गरेको संग्रहालयको उद्घाटन गरिएको हो ।

 

नेपाली वीरताको गाथा इतिहासमा स्वर्ण अक्षरले लेखिएको भएपनि अब संग्रहालयले युगौँसम्म ताजा बनाइराख्ने दावी गरिएको छ । संग्रहालयले नेपालको इतिहास मात्रै होइन तत्कालीन समयमा अत्याधुनिक हातहतियारसँग लड्न आएका अंग्रेजलाई परास्त गर्न कसरी गोर्खाली सफल भए भन्ने कुराको अध्ययन पनि गर्न पाइने भएको छ ।

 

सेनाले ७ करोड लागतमा निर्माण गरिदिएको यो संग्रहालयले अब नेपालीको वीरताको गाथालाई मानसपटलमा झल्झली याद दिलाउने छ । संग्रहालयमा अंग्रेजमाथि ढुंगामुढा, गुलेली, घुयत्रो, गोलाबारुद, खुँडा, खुकुरी, अरिंगाल लगायतका सामग्री प्रदर्शनीमा राखिएको छ । यिनै सामग्रीले अंग्रेजलाई नेपालीले हराएका थिए । संग्राहलयले इतिहासको संरक्षण गरेको स्थानीयले दावी गरेका छन् । 

 

यस्तो इतिहास बोकेको सिन्धुलीगढीलाई एक सिकाई केन्द्रको रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय जगतसम्म परिचित बनाउन आवश्यक रहेको अन्वेषणकर्ताको भनाइ छ । वि.सं २०६७ साल कात्तिक २४ गते बाट हरेक वर्ष सिन्धुलीगढीमा अंग्रेजलाई पराजय गरेको सम्झनामा विजयोत्सव मनाउने गरिएको छ । तर, गढीको संरक्षण भने हुन सकेको थिएन । स्थानीय सरकारले अपनत्व लिएर संरक्षण गर्ने योजना बनाएसँगै सेनाले युद्धस्तरमा युद्धसंग्राहलय निर्माण गरिदिएको हो । आफ्नो पहल सार्थक भएकोमा स्थानीय सरकार पनि दंग छन् । सेनाले पनि संग्रहालय निर्माण गरेर सम्पूर्ण स्वामित्व नगरपालिकालाई दिएको छ । 

 

वि.सं. १८२३ मा कीर्तिपुरलाई विजय गरेपछि नेपालको एकीकरण अभियान महत्वपूर्ण घडीमा प्रवेश गरेको थियो । कान्तिपूर राज्यलाई एकीकरण गर्न तयारी गर्दै गर्दा कप्तान किनलोकको नेतृत्वमा कान्तिपुरका राजा जयप्रकाश मल्लको सहयोगका लागि इष्ट इण्डिया कम्पनीको फौज उपत्यका तर्फ सिन्धुली हुदै प्रवेश गर्‍यो । तर, नेपाली बहादुरी र वीरता, देशभक्ति संगै उदाहरणीय युद्धकला एवं भुवनोटको लाभ लिदै गोरखाली सेना र जनताको वीरतापूर्ण प्रतिरोधद्वारा यसै स्थानबाट अंग्रेज फौजले हार चाखेर फर्किएको इतिहास छ ।