close

राप्तीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा 

राप्तीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा 

Trulli
ADVERTISEMENT

दाङ- दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ कार्यान्वयनको अवस्थाबारे समीक्षा गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष विद्याशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ५ गाउँका प्रतिनिधि सहभागी भएर समीक्षा गरिएको हो ।


कार्यक्रममा केन्द्रित समूह, सामाजिक अभियन्ता, गैरसरकारी संस्था, युवालगायतका लागि साझा प्रश्न राखेर समीक्षा गरिएको हो ।


स्वान संस्थाका सहजकर्ता राममोती चौधरीले सहजीकरण गरेको समीक्षा कार्यक्रममा वडाध्यक्ष चौधरीले वडा नम्बर ७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनबारे जानकारी दिँदै बेरोजगारको संख्या अत्यधिक रहे पनि सोचेअनुसार रोजगार दिन कठिन रहेको बताए ।
 
वडाध्यक्ष चौधरीले पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रमको गलत व्याख्या गरिएकाले कामको सदुपयोग गर्न नसकिएको स्वीकारे । प्रधानमन्त्री रोजगार कार्यक्रमको केन्द्रित समूह छलफलमार्फत व्यक्तिगत जानकारी लिइएको थियो ।


प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्दै काम पाएकाको जीविकोपार्जनको अवस्था, लक्षित वर्गसम्म यसको लाभ पुगे÷नपुगेको आदि विषयमा छलफल गरिएको थियो ।