close

युद्ध संग्रहालय अवलोकन गर्न सिन्धुलीगढी पुगे मुख्यमन्त्री पौडेल

युद्ध संग्रहालय अवलोकन गर्न सिन्धुलीगढी पुगे मुख्यमन्त्री पौडेल

Trulli
ADVERTISEMENT

सिन्धुली–सिन्धुलीगढीमा निर्माण गरिएको युद्ध संग्रहालय अवलोकन गर्न बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोली सिन्धुली पुगेको छ । रामेछापतर्फ जाने क्रममा सिन्धुलीगढी युद्ध संग्रहालयको मुख्यमन्त्री पौडेलले अवलोकन गरेका हुन् ।


सिन्धुलीगढीमा राखिएका युद्धकालीन हातहतियार, घरेलु सामग्री तथा सिन्धुलीगढीको इतिहास झल्काउने पुस्तकालयको निरीक्षणपछि मुख्यमन्त्री पौडेले ऐतिहासिक स्थलको प्रचार–प्रसारमा जुट्न आग्रह गरे ।

 

ऐतिहासिक महत्त्व बोकेको सिन्धुलीगढीको इतिहासलाई जीवन्त राख्न राज्यले लगानी गरी संरचना बनाए पनि स्थानीय सरकारले यसको प्रचार–प्रसार गरी आयस्रोत बढाउन उनले सुझाए । 

 

राज्यको करोडौं खर्च भई बनेका संरचनाको सुरक्षा आवश्यक रहेको बताउँदै उनले भने, ‘हामीले यत्रो संरचना बनाएँछौँ । राज्यले लगानी गरेको छ । युद्ध संग्रहालय सिन्धुलीको विकास मोडलको रूपमा स्थापित हुन्छ ।’

 

संग्रहालय परिसरमा सुरक्षाका निम्ति प्रहरी युनिटको आवश्यक देखिएकाले हेटांैडा पुगेपछि त्यसको व्यवस्थापनका पक्षमा काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

 

मुख्यमन्त्री पौडेलले पुनर्निर्माणाधीन रानीदरबारको समेत निरीक्षण गरे । मुख्यमन्त्री पौडेललाई कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले युद्ध संग्रहालय र रानीदरबारबारे जानकारी गराइन् ।