close

पाथीभरा याङ्बरकका अध्यक्ष सुब्बालाई कोरोना संक्रमण

पाथीभरा याङ्बरकका अध्यक्ष सुब्बालाई कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बालाई कोरोना संक्रमण भएको छ । शनिबार गरिएको एन्टिजेन परीक्षणका क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको अध्यक्ष सुब्बाले बताए । अध्यक्ष सुब्बाले आफूसँग नजिक भएका व्यक्तिलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । 


योसहित ताप्लेजुङमा अहिलेसम्म जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, सिदिङ्वा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया, आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौला, मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बू, मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार साँवा, फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई (तारा) र सिदिङ्वा उपाध्यक्ष जीवनकुमार ताम्लिङलाई कोरोना संक्रमण भइसकेको छ ।