close

भीमदत्तले घटायाे सरसफाइ शुल्क

भीमदत्तले घटायाे सरसफाइ शुल्क

Trulli
ADVERTISEMENT

कञ्चनपुर- भीमदत्त नगरपालिकाले नगरबासीबाट लिँदै आएको सरसफाइ शुल्कमा ५५ प्रतिशतले कटौती गरेको छ । नगरपालिकाले चालु आवदेखि सरसफाइ शुल्कमा कटौती गरेको हो ।


महेन्द्रनगर बजारको तीन किलोमिटरसम्म आवासीय क्षेत्रमा  प्रतिघरबाट वार्षिक वार्षिक दुई हजार ६ सय ४० रुपैँया शुल्क लिइँदै आएकोमा चालु आवमा घटाएर एक हजार ५०० रुपैँया शुल्क निर्धारण गरिएको छ ।

 

सबै पालिकाबासीलाई सरसफाइमा समेट्नको लागि शुल्क घटाइएको पालिकाले जनाएको छ ।