close

अख्तियारमा स्थानीय तहविरुद्ध उजुरीका चाङ

कोहलपुर नगरपालिकाकाे मात्र १६ उजुरी

अख्तियारमा स्थानीय तहविरुद्ध उजुरीका चाङ

कोहलपुर नगरपालिकाकाे मात्र १६ उजुरी

Trulli
ADVERTISEMENT

बाँके- अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका अनुसार लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ र रोल्पा गरी ४ जिल्लाका ३६ पालिका मध्ये कोहलपुर नगरपालिकाको धेरै उजुरी परेको छ । आयोगल बार्षिक प्रगति सार्वजनिक कार्यक्रममा सो कुराको जानकारी दिएको हो ।

 

सबैभन्दा बढी १६ वटा उजुरी कोहलपुर नगरपालिकाका छन् भने रोल्पाका १० स्थानिय तह मध्ये ९ वटा स्थानिय तहबाट आयोगमा कुनैपनि उजुरी नपरेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रमुख कृष्णकुमार निरौलाले जानकारी दिए । रोल्पाको थवाङ गाउँपालिकाको १ वटा मात्रै उजरी परेको छ ।


यस्तै बर्दियाको बढैयाताल गाउँपालिकाको १२ वटा उजुरी आएको छ भने ११ वटा उजुरी राप्तिसोनारी गाउँपालिकाका छन् ।

 

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका धेरै उजुरी पर्ने पालिका मध्ये चौथो स्थानमा रहेको छ । उपमहानगरबाट १० वटा उजुरी गत बर्ष आयोगमा परेको थियो । यस्तै जानकी र खजुरा गाउँपालिकाबाट ७–७ वटा उजुरी परेका छन् भने डुडुवाबाट ५, बैजनाथबाट ३ र नरैनापुरबाट २ वटा उजुरी परेका छन् ।


अत्याधिक उजुरी परेको कोहलपुर नगरपालिकासँगै जिल्लागत रुपले पनि ४ जिल्ला मध्ये गत आर्थिक वर्षमा भ्रष्टाचार सम्बन्धी सबै भन्दा बढी उजुरी बाँकेबाट दर्ता भएको कार्यालयका प्रमुख निरौलाले जानकारी दिए । 


आयोगको बार्षिक प्रगति सार्वजनिक कार्यक्रममा कार्यालय प्रमुख निरौलाले आर्थिक वर्ष २०७७/०७८ मा बाँकेबाट ३ सय ४४ वटा उजुरी परेको जानकारी दिए । यसैगरी दाङबाट २ सय ४५ वटा, बर्दियाबाट १ सय ८० र रोल्पाबाट ७ वटा मुद्दा दर्ता भएकोमा २ सय ७३ वटा मुद्दा आयोगले फर्छ्योट गरेको छ ।

 

निरौलाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ७ सय ७६ वटा उजुरी परेकोमा आयोगले ५ सय ३ वटा उजुरीको छानबिन सम्पन्न गरेको हो । प्रतिशतको आधारमा आर्थिक वर्ष २०७७/७८मा ६४।८२ प्रतिशत मुद्दा फर्छ्योट भएकोे छ ।

 

आर्थिक वर्ष २०७६/०७७ मा ५ सय ७५ उजुरी परेकोमा २ सय ५५ वटा अर्थात् ४५.४५ प्रतिशत फर्छ्योट गरेको छ । आर्थिक वर्ष २०७५/०७६मा ५ सय ४२ वटा उजुरी परेकोमा ३ सय १६ वटा अथार्त ५८।३० प्रतिशत फर्छ्योट गरेको छ ।

जिल्लास्थित सरकारी कार्यालय र स्थानीय तह गरी ३ सय ४४ उजुरी परेकोमा २ सय २४ वटाको छानबिन सम्पन्न भएको छ भने १ सय २० उजुरी छानबिन हुन बाँकी रहेको उनले जानकारी दिए । बाँके, बर्दिया, दाङ र रोल्पा गरी चार जिल्ला कार्य क्षेत्र रहेको यस कार्यलयले दाङ्गका २ सय ४५ उजुरी परेकोमा १ सय ५१ वटाको छानबिन सम्पन्न भएको र ९४ वटा बाँकी रहेको जनाए ।

 

बर्दिया जिल्लाको १ सय ८० उजुरी मध्ये १ सय २४ को छानबिन सम्पन्न भएको छ भने ५६ वटा बाँकी छ । रोल्पा जिल्लाको ७ वटा उजुरी परेकोमा ४ वटाको छानबिन सम्पन्न भई ३ वटा बाँकी छ । रोल्पा कार्यक्षेत्र यसै वर्षदेखि थप भएको कारणले थोरै मुद्दा देखिएको कार्यालयले जनाएको छ । 

 

विकास योजनामा वबस्तविक सम्पन्न कार्य भन्दा बढी रकम भक्तानी गरेको र न्यन गुणस्तरीय रुपमा सम्पन्न गरेको, सार्वजनिक खरिद ऐनको पालना नगरी खरिद कारवाही गरिएको, झुट्टा बील भरपाई, वास्तविक भन्दा बढी खर्च देखाई अनियमितता गरेको, कर्मचारी भर्ना गर्दा योग्यता प्रणालीको वर्खिलाप हुने गरी भर्ना गरेको र स्वीकृत दरवन्दी विपरित भर्ना गरेको लगायतका विषयमा बढी उजुरी पर्ने गरेको छ ।

 

कार्यालयमा स्वीकृत दरबन्दी अनुसारको जनशक्ति अभाव भएको कारण कार्यसम्पादन तथा मुद्दाको अनुसंधानमा प्रभाव पर्ने गरेको देखिन्छ ।