close

वालिङका नागरिकलाई एप्समार्फत महसुल भुक्तानी सुविधा 

वालिङका नागरिकलाई एप्समार्फत महसुल भुक्तानी सुविधा 

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिकाबासीले घरमै बसेर एप्समार्फत महसुल बुझाउन पाउने भएका छन् ।


एप्स प्रयोगमार्फत घरमै बसेर राजस्व भुक्तानी गर्न पाउने सुविधा कार्यान्वयनमा आएसँगै आइतबारबाट विद्युत् तथा खानेपानी महसुल भुक्तानी गर्न सकिने वालिङ नगरपालिकाका सूचना तथा प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए ।

 

नगरपालिकाले बुटवल पावर कम्पनी तथा वालिङ साना सहरी खानेपानीको भुक्तानी नगरपालिकाको स्मार्ट मोबाइल एप्स, खल्ती र कनेक्टिङ आईपिएस एप्सको प्रयोगमार्फत घरमै बसेर भुक्तानी गर्न सकिने सुविधा सुरु गरेको हो ।


स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङले विभिन्न एप्स प्रयोगमार्फत कार्यालय धाउनै नपर्ने गरी नगरपालिकाको राजस्व तथा विद्युत् र खानेपानी कार्यालयको महसुल भुक्तानी गर्न पाउने नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।


‘नागरिकले घरमै बसेर नगरपालिकाको एप्स तथा अन्य एप्स प्रयोगमार्फत भुक्तानी गर्न अब कार्यालय धाउनुपर्ने छैन’, प्रमुख खाँणले भने, ‘कार्यालयसम्म जान नपर्ने भएपछि समयको बचत हुनुका साथै महामारीको समय भीडभाड पनि कम हुनेछ ।’


घरमै बसेर पनि राजस्व भुक्तानी गर्न सकिने प्रविधि सञ्चालन गरिसकेको नगरपालिकाले आइतबार विद्युत् र खानेपानीका भुक्तानी पनि एप्समार्फत गर्न सकिने बनाएको छ ।