close

बैठकका निर्णयबारे सदस्य नै अनभिज्ञ, सूचना माग्दा झोक्किए अध्यक्ष

तीनपाटनको विवाद उत्कर्षमा : पालिकाको विकासमा जिम्मेवार बन्न अध्यक्षलाई स्थानीयको आग्रह

बैठकका निर्णयबारे सदस्य नै अनभिज्ञ, सूचना माग्दा झोक्किए अध्यक्ष

तीनपाटनको विवाद उत्कर्षमा : पालिकाको विकासमा जिम्मेवार बन्न अध्यक्षलाई स्थानीयको आग्रह

ADVERTISEMENT

सिन्धुली– असार १० गते ल्याउनुपर्ने चालु आर्थिक बर्षको बजेट भदौ लाग्दा समेत ल्याउन नसकेपछि स्थानीयको तीब्र दबाब थेग्न नसकेर तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापाले बाक्लो सुरक्षा घेराभित्र कार्यपालिका बैठक राखेका छन् । 


पालिका खबरले साउन ३० गते ‘जनप्रतिनिधिको टसमसले आएन बजेट’ शिर्षकको भिडियो समाचार प्रशारण गरेको थियो । त्यस लगत्तै अध्यक्ष थापाले ३२ गते कार्यपालिकाको बैठक डाकेका थिए । सो बैठकमा गाउँपालिकाले निर्माण गर्दै गरेको भवनमा १५ प्रतिशत रकम थप विनियोजन गर्नुपर्ने अडान गाउँपालिका अध्यक्ष थापाले राखेपछि विवाद चुलिएको हो ।  
 

आइतबारको बैठकमा कार्यपालिका सदस्यले बजेट निर्माणका सवालमा अध्यक्षलाई बाधक नबन्न आग्रह गरेका थिए । ‘कार्यपालिकाको बैठकमा गाउँसभाको मिति र योजना निर्माणको प्रस्ताव अध्यक्षको तर्फबाट आयो’ वडा नं. १ का वडा अध्यक्ष गोविन्द राउतले भने ‘पास नै नभएको खरिद नियमावलीको हवाला दिंदै सोही अनुरुपको भेरिएसन रकम दिनुपर्ने अध्यक्षज्यूको अडानपछि विवाद चर्किएको हो ।’ 
 

अध्यक्ष थापाले कार्यपालिका सदस्यलाई नै नियमावलीबारे गुमराहमा राखेपछि सदस्यहरुले यसअघिका सबै निर्णय उपलब्ध गराउन माग गरेका छन् । पुनः भदौ १० गते बस्ने गरी आइतबारको बैठक विना निष्कर्ष टुंगिएको छ । 
 

गाउँपालिका अध्यक्षको मनोमानीविरुद्ध सिङ्गो कार्यपालिका सदस्य लागेपछि यतिवेला जनता पनि आक्रोशित बनेका छन् । कार्यपालिका बैठक प्रहरी राखेर गरिरहेको थाहा पाएर गाउँपालिका कार्यालय पुगेका स्थानीयले पालिकाको विकासप्रति अध्यक्ष थापालाई जिम्मेवार बन्न आग्रह गरेका छन् । 
 

पालिका खबरका पत्रकारलार्ई तीनपाटन कांग्रेसको धम्की
 

यता गाउँपालिकाले हालसम्म पनि बजेट ल्याउन नसकेको समाचार प्रकाशन पछि यो बिषयलाई नेपाली कांग्रेसले सामाजिक संजालमार्फत समाचार लेख्ने पत्रकारलाई कारबाही गर्ने धम्कि सहित अध्यक्षको बचावट गरेको छ । 

 

हेर्नुस् भिडियो