close

इलाम नगरपालिकाले गर्यो ५ समिति पुनर्गठन

इलाम नगरपालिकाले गर्यो ५ समिति पुनर्गठन

Trulli
ADVERTISEMENT

इलाम- इलाम नगरपालिकाले ५ समिति पुनर्गठन गरेको छ । कार्यपालिकाको सोमबार बसेको बैठकले समिति पुनर्गठन गरेको जानकारी नगरपालिकाले दिएको हो ।

 

कार्यपालिका बैठकले नगरपालिका अन्तर्गतका साहित्य, कला, संगीत प्रतिष्ठान, पर्यटन प्रवद्र्धन समिति, नगर खेलकुद विकास प्रतिष्ठान, नगर युवा परिषद, नगरस्तरीय दलित समन्वय समितिका पदाधिकारी तथा सदस्यको ३ वर्षे पदावधि समाप्त भएकोले पुनर्गठन गरेको जनाएको छ ।

 

नगरपालिकाले साहित्य, कला, संगीत प्रतिष्ठान टीका घिमिरेको अध्यक्षतामा पुनर्गठन गरेको छ । प्रतिष्ठानको  उपाध्यक्षमा रोशन कर्माचार्य, दिवाकर भण्डारी, कोषाध्यक्ष सुरेश पोर्तेल, सदस्यमा सिर्जना श्रेष्ठ, शारदा उप्रेती, राजेश राई, देवेन्द्र शंकर, चन्द्रमणि भटृराई, दीपेश श्रेष्ठ र प्रज्वल चापागाईं छन् ।

 

यसैगरी प्रकाश अधिकारीको संयोजकत्वमा नगर पर्यटन समिति पुनर्गठन गरेको छ । उपाध्यक्षमा सुशीला सापकोटा र हरि गुरुङ्ग, सचिवमा ज्ञाननाथ दाहाल, कोषाध्यक्षमा उमेशचन्द्र महत, सदस्यमा सोमनाथ सुनुवार, कुन्ती बस्नेत, पविमाया गुरुङ्ग, रिना घिमिरे, अन्जना कर्माचार्य, सचिनजंग रायमाझी, सुदर्शनप्रसाद काफ्ले, कमला रिजाल, दिव्या भट्टराई, राजेन राई रहेका छन् ।

 

नगर खेलकुद विकास समितिको पनि पुनर्गठन गरिएको छ । विनोद श्रेष्ठको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा निरोज राउत, सचिव गणेश खतिवडा, कोषाध्यक्ष सुवास राई, सदस्यमा मुकेश दाहाल, जीवन देवान, सिनेट श्रेष्ठ, सुलोचना भक्तराज, टंक ढुंगाना, मनिषा भट्टराई र सेवक देवान छन् ।

 

नगरपालिकाले पुनर्गठन गरेको अर्को समिति हो– युवा समिति । प्रकाश घिमिरेको अध्यक्षतामा पुनर्गठित युवा समितिको सदस्यमा धनमाया डाँगी, प्रश्ना श्रेष्ठ, सुशील बानियाँ, चन्द्रकला तामाङ्ग, प्रवेश जवेगु, राजेन्द्र फागो, किरण गुरुङ्ग, विनोद नेउपाने, सुशान्त चापागाई, शिशिर काफ्ले, प्रमोद जबेगु, मनोज थापा, प्रितम लिम्बू, निर्देश राई, सुमन काफ्ले, निकेश काफ्ले, मनोज सुवेदी, प्रतिमा रिजाल, गौरव बुढाथोकी, विशाल कार्र्की र सुनिल दास छन् ।

 

मनकुमार बराइलीको अध्यक्षतामा नगर दलित समन्वय समिति पुनर्गठन गरिएको छ । समितिको कोषाध्यक्षमा गोमा विश्वकर्मा, सदस्यमा कमल विश्वकर्मा, अन्जली दास, रेशम खाती, मनबहादुर घतानी, रविना बिसुंके, कविता विश्वकर्मा, सरिता दियाली, मेनुका शंकर र निमा रसाइली छन् ।