close

पोखरा महानगरका सबै वडामा कोरोना संक्रमण, १० को मृत्यु

पोखरा महानगरका सबै वडामा कोरोना संक्रमण, १० को मृत्यु

Trulli
ADVERTISEMENT

कास्की– पोखरा महानगरपालिकाका सबै वडामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर २० मा ११ जना संक्रमित देखिएसँगै सबै वडामा कोरोना विस्तार भएको हो । हालसम्म २० नम्बर वडा कोरोना फ्रि थियो ।

बिहीबार महानगरभित्र ८ संक्रमित थपिएका छन् । योसँगै पोखरामा हालसम्म १ हजार ६३ संक्रमित पुगेका छन् । ती मध्ये ४ सय ७० जना सक्रिय संक्रमित छन् । ५ सय ८३ जना उपचार गरेर फर्किसकेका छन् । महानगरभरी १० जनाको मृत्यु भैसकेको छ ।

 वडा नम्बर ५, ६, ९, १०, १२, १४, १६ र १९ नम्बर वडामा १÷१ संक्रमितको मृत्यु भएको हो । बाँकी २ जना अरु जिल्लाबाट पोखरामा आएर बसेकाहरु छन् ।

संक्रमितमध्ये सबैभन्दा धेरै १५ नम्बर वडामा ९४ जना छन् । ८ नम्बर वडामा ९० जना संक्रमित छन् । सबैभन्दा कम २१ र २४ नम्बर वडामा २/२ जना तथा २ नम्बर र २३ नम्बर वडामा ३÷३ जना संक्रमित देखिएका छन् ।

२१ र २३ नम्बर वडामा अहिले सक्रिय संक्रमित छैनन् । कोरोना संक्रमण अहिलेसम्म नियन्त्रणभित्रै रहेको महानगरका मेयर मानबहादुर जिसीले बताए ।‘अत्तालिनुपर्ने अवस्था छैन । हाम्रै नियन्त्रणभित्र छ, कोरोना,’ उनले भने ,‘तर सचेतना भने नागरिकले अपनाउनै पर्छ । सरकारले मात्रै जोड दिएर कोरोना रोकिँदैन । जनताले साथ दिनुपर्छ ।’