close

कात्तिक १ गतेसम्म दुधौली नगरपालिका बन्द

कात्तिक १ गतेसम्म दुधौली नगरपालिका बन्द

Trulli
ADVERTISEMENT

सिन्धुली - सिन्धुलीको दुधौली नगरपालिकाले आउँदो कात्तिक १ सम्मका लागि सबै कार्यालय बन्द गर्ने घोषणा गरेको छ ।


कोरोना संक्रमण फैलिँदो अवस्थामा रहेको भन्दै नगरपालिका मातहतका सबै कार्यालय कात्तिक १ सम्मका लागि बन्द गरेको हो ।


दुधौली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमसिंह विष्टले शुक्रबार सूचना जारी गर्दै कोरोना संक्रमण अत्यधिक रुपमा बढेको अवस्थामा यसको रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण सेवा बन्द गरेको जानकारी दिए ।


अब दुधौली नगरपालिका, वडा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, सरकारी तथा निजी विद्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको दुधौली नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले नागरिकलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न र अति आवश्यक कामबाहेक हिँडडुल नगर्न आग्रह गरेको छ ।


सेञ्चुरी बैंक दुधौलीमा कार्यरत ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दुधौली नगरपालिकाले नागरिकलाई संक्रमण हुनबाट जोगाउन कात्तिक १ सम्मका लागि सबै सेवा बन्द गरेको नगरप्रमुख घनश्याम राउतले जानकारी दिए ।


बैंक कर्मचारी संक्रमित भएपछि नजिकैको नगरपालिका, वडा कार्यालय, विद्यालय तथा बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने उनले बताए ।