close

बलात्कारको आरोप लागेका प्रदेश मन्त्री शाहीलाई बर्खास्त गर्न माग

बलात्कारको आरोप लागेका प्रदेश मन्त्री शाहीलाई बर्खास्त गर्न माग

Trulli
ADVERTISEMENT

सुर्खेत– बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न चौतर्फी दबाब बढेको छ । मन्त्री शाहीको बर्खास्ती माग गर्दै युवा संघ र अनेरास्ववियुले र्‍याली निकालेका हुन् ।


बलात्कारको आरोप लागेका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहीलाई बर्खास्तीको माग गर्दै उनीहरूले आइतबार दिउँसो वीरेन्द्रनगरमा र्‍याली निकाले ।
एक महिलाले २०७६ माघमा मन्त्री शाहीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । घटनाबारे सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि ती महिलाले मन्त्रीमाथिको आरोप निराधार भएको प्रतिक्रिया दिएकी छन् । 


मन्त्रीको सचिवालले घटनामा सत्य नभएको दाबी गर्दै आएको छ । सचिवालयले ती महिलाले आर्थिक लाभका लागि मन्त्रीलाई बलात्कार आरोप लगाएको बताउँदै आएको छ । घटना बाहिरएपछि प्रमुख प्रतिपक्ष एमालेले मन्त्रीाई नैतिकताका आधारमा बर्खास्त गर्न माग गरेको छ । 


सत्ता साझेदार कांग्रेसले पनि घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरेको छ । सुर्खेतका विभिन्न संघ–संगठनले बलात्कारको आरोप लागिसकेपछि मन्त्रीले नैतिकताका आधार राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।