close

पाटन नगरपालिका शिल

पाटन नगरपालिका शिल

Trulli
ADVERTISEMENT

बैतडी - बैतडीको पाटन नगरपालिकाका २ कर्मचारीमा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिका शिल गरिएको छ ।


पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार दुवै जनालाई अहिले आइसोलेसनमा राखिएको छ भने स्वास्थ्य अवस्था समान्य छ ।


२ कर्मचारी कोरोना संक्रमित भएपछि नगरपालिका एक साताका लागि शिल गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए । ‘आउँदो असोज ३० सम्म नगरपालिका र १० वैटै वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको छ,’ पन्तले भने ।


यस्तै, संक्रमित कर्मचारीको सम्पर्कमा रहेका कर्मचारी, जनप्रतिनिधि र अन्यको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए । बैतडीका थप २ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा संक्रमतिको संख्या ४ सय २० पुगेको छ । 


संक्रमितमध्ये ३ सय ९७ जना निको भएर घर फर्किसकेका छन् भने १ जनाको मृत्यु भइसकेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २२ रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए ।