close

प्रदेश १ कै उत्कृष्ट उद्यमी बनिन् फुङ्लिङकी लक्षीमाया 

प्रदेश १ कै उत्कृष्ट उद्यमी बनिन् फुङ्लिङकी लक्षीमाया 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङकी लक्षीमाया हाङ्वाङ प्रदेश १ कै उत्कृष्ट उद्यमी बन्दै डा. हरिहरदेव पन्त उत्कृष्ट उद्यमी पुरस्कार प्राप्त गर्न सफल भएकी छन् ।


निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ७ प्रदेशका उत्कृष्ट १–१ जनालाई प्रदान गर्ने ३० हजार रुपैयाँ राशिको हरिहरदेव पन्त उत्कृष्ट उद्यमी पुरस्कार प्रदेश १ बाट लक्षीमायालाई प्रदान गरेको हो ।

 

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सोमबार गरेको कार्यक्रममा फुङलिङ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष भीमादेवी ओझाले लक्षीमाया र उनका श्रीमान् मौलाहाङ साँवालाई नगद तथा सम्मानपत्र वितरण गरिन् ।

 

लक्षीमायाले फुङ्लिङ नगरपालिका वडा नम्बर ४ स्थित बालमन्दिर महिला समूहमा २०७१ मा आबद्ध भइ निर्धनबाट ४० हजार रुपैयाँ कर्जा लिएर प्रेस उद्यम सुरु गरेकी थिइन् ।


डा. हरिहरदेव पन्तलाई नेपालको लघुवित्त क्षेत्रका प्रवद्र्धक पनि भनिन्छ । लघु वित्तमार्फत गरिब एवं विपन्न परिवारमा बैंकिङ पहुँच स्थापना र लघु उद्यमका लागि कर्जा प्रवाहको उद्देश्यले लघु वित्त वित्तीय संस्था सञ्चालनमा छ ।


सन् १९८० दशकमा बंगलादेशबाट सुरु भएको लघुवित्त वित्तीय संस्थाको मोडल नेपालमा भित्र्याउन उनै स्व. पन्तको योगदान रहेको बताइन्छ । 

 

२१ भदौ २०७२ मा निधन भएका पन्तको स्मृतिमा संस्थाले हरेक वर्ष सोही दिनको अवसर पारेर देशभरका ७ वटै प्रदेशका उत्कृष्ट उद्यमीलाई सम्मान गर्दै आएको छ ।