close

बाँकेमा राप्ती र मान नदीले बगाउँदा दुई जना बेपत्ता

बाँकेमा राप्ती र मान नदीले बगाउँदा दुई जना बेपत्ता

Trulli
ADVERTISEMENT

नेपालगञ्ज– बाँकेमा बुधबार बिहान मलामी गएका एक व्यक्ति राप्ती नदीमा बगेर बेपत्ता भएका छन् ।


जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगर वडा नम्बर १० भृकुटी नगरका सरोज चन्द मलामी गएको बेला राप्ती नदीको सिद्धनियाँ घाटको राप्ती पुल नजिकै नदीमा डुबेर बेपत्ता भएका हुन् ।

 

स्थानीयको मलामी गएका चन्द बुधबार बिहान साढे ११ बजे नदीमा डुबेका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । नदीमा धमिलो पानी हुनुका साथै बहाव बढी भएका कारण खोजीमा समस्या भएको छ ।


यसैगरी बुधबार बिहानै बाँके÷बर्दियाको सीमा क्षेत्रमा रहेको मान नदीले बगाउँदा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ का ५५ वर्षीय विक्रम राई बेपत्ता भएका छन् ।

 

प्रहरीका अनुसार बुधबार बिहान नजिकैको जंगलबाट दाउरा ल्याउने क्रममा १० बजे उनलाई मान नदीले बगाएको हो । नदीले बेपत्ता भएका उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।