close

स्थानीय तहको लागत साझेदारीमा ऊर्जा कार्यक्रम चलाउँदै प्रदेश १

स्थानीय तहको लागत साझेदारीमा ऊर्जा कार्यक्रम चलाउँदै प्रदेश १

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहको लागत साझेदारीमा ऊर्जा कार्यक्रम सञ्चालनका लागि प्रदेशभरिका स्थानीय तहसँग प्रस्ताव मागेको छ । 

 

४ असोजभित्र प्रस्ताव पेस गरिसक्न मन्त्रालयले यसअघि यो सुविधा प्राप्त नगरेका उपभोक्ताका लागि लागत साझेदारीमा ऊर्जा कार्यक्रम सञ्चालनका लागि प्रस्ताव मागेको हो ।

 

मन्त्रालयका इञ्जिनियर राजेन्द्रकुमार माझीका अनुसार ४ वटा क्षेत्रमा प्रस्ताव मागिएको छ । राष्ट्रिय प्रसारण लाइन नपुगेका स्थानमा विपन्न वर्ग लक्षित ऊर्जा उज्यालो कार्यक्रम सञ्चालन गरिनेछ ।


यस्तै, समुद्री सतहभन्दा २ हजार मिटर बढी उचाइमा बसोबास भएका उपभोक्ताका लागि सुधारिएको फलामे चुल्हो (वायोमास जडान) कार्यक्रम सञ्चालनका लागि लागत साझेदारी प्रस्ताव गरिएको हो । 

 

राष्ट्रिय प्रसारण लाइन नपुगेका र न्यूनतम १५ एमपियरभन्दा बढीको एमसिबी विद्युतीय मिटर जडान भएको घरधुरी÷उपभोक्ताका लागि सुधारिएको विद्युतीय चुल्हो र समुद्री सतहभन्दा १ हजार ५ मिटरभन्दा कम उचाइमा गाईवस्तु पालेका घरधुरी/उपभोक्ताका लागि वायोग्यास जडान कार्यका लागि प्रस्ताव माग गरिएको हो ।

 

प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आफ्नो बार्षिक स्वीकृत कार्यक्रम तथा बजेट अनुसार चालू आर्थिक बर्ष २०७८÷७९ मै यी कार्यक्रम सञ्चालन/सम्पन्न गर्न स्थानीय तहको लागत साझेदारी र कार्यक्रम कार्यान्वयन प्रक्रियामा सहयोगसमेत मागेको छ ।