close

मेल्लेखमा १५ शय्याको अस्पताल उद्घाटन

मेल्लेखमा १५ शय्याको अस्पताल उद्घाटन

Trulli
ADVERTISEMENT

अछाम– अछामको मेल्लेख गाउँपालिकामा आधारभूत अस्पताल उद्घाटन गरिएको छ । मेल्लेख वडा नम्बर ५ बिन्ध्यवासिनीको चौखुट्टेमा १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गरिएको हो ।


मेल्लेखका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाका लागि पालिकाबाहिर जानुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले अस्पताल स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए ।

 

१ करोड ११ लाख २० हजारमा भौतिक संरचना निर्माण र ४२ लाखको लागतमा उपकरणसहित १ करोड ५३ लाख २० हजार रुपैयाँमा आधारभूत अस्पताल निर्माण गरिएको गरिएको मेल्लेख पालिका उपाध्यक्ष धनबहादुर शाहीले जानकारी दिए । हाल आधारभूत अस्पतालमा भिडियो एक्सरे, एक्सरे, अक्सिजन कन्सन्टे«टर, १८ वटा अक्सिजन सिलिन्डर, ल्याब र १२ शय्यासहितको सुविधा रहनेछ ।