close

प्रदेश प्रमुखलाई बुझाइयो प्रदेश लोकसेवाको वार्षिक प्रतिवेदन

प्रदेश प्रमुखलाई बुझाइयो प्रदेश लोकसेवाको वार्षिक प्रतिवेदन

Trulli
ADVERTISEMENT

सुर्खेत– कर्णाली प्रदेशको प्रदेश लोकसेवा आयोगले प्रदेश प्रमुखलाई पहिलो वार्षिक प्रतिवेदन पेस गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को प्रथम वार्षिक प्रतिवेदन कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष पेस गरिएको हो । सोमबार प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले प्रतिवेदन पेस गरेका थिए । 

 

कार्यक्रममा प्रदेश लोकसेवा आयोगका सदस्य भक्तबहादुर खड्का, सचिव आनन्द सारु, प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देल र अन्य कर्मचारी उपस्थित थिए । प्रदेश लोकसेवा आयोगले गत आर्थिक वर्ष २०७७/७८ मा गरिएका काम–कारबाहीको विषयमा तयार पारेको प्रतिवेदन ७ वटा परिच्छेदमा समावेश गरेर पेस गरेको छ । 


प्रतिवेदनमा आयोगको गठन र कार्य क्षेत्र, आयोगको कार्य सम्पादन आधार, प्रशासनिक तथा वित्त व्यवस्थापन, कानुन, शैक्षिक योग्यता र पाठ्यक्रम निर्माण, संगठन सुधार, आयोगको जिम्मेवारी निर्वाहमा देखिएका कठिनाइ र सुभावसहितका ७ वटा परिच्छेदसहितको प्रतिवेदन पेस गरिएको हो ।