close

पालिकामा दिनभरः बाल दिवस मनाइँदै देशैभरि, बूढीगंगाकी सुस्मितालाई अध्यक्षको पगरी (भिडियो खबर)

पालिकामा दिनभरः बाल दिवस मनाइँदै देशैभरि, बूढीगंगाकी सुस्मितालाई अध्यक्षको पगरी (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सल्यानको कपुरकोट गाउँपालिकाले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने, गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समीक्षा सम्पन्न । 


२) निर्माण सम्पन्न भएको वडा कार्यालयको भवन तथा जग्गाको विषयलाई लिएर असन्तुष्ट स्थानीयले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ को कार्यालयमा ताला लगाए, कामकाज प्रभावित । 


३) अछामको मेल्लेख गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्‍यो, नवनिर्मित भवनबाट स्थानीयलाई स्वास्थ्य सेवा दिन थालियो । 


४) बाल दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका जिल्लाकै पहिलो बालमैत्री, बालविवाह र बालश्रम मुक्त नगर घोषणा, अब पालिकाले बालअधिकार महासन्धीमा उल्लेखित बालअधिकारको सवाललाई आत्मसाथ गर्ने । 


५) रूपन्देहीको बुटवल उपमहानगरपालिकाको मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा सुकुम्बासीले कब्जा गर्न थालेपछि प्रशासनले औद्योगिक क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गर्‍याे, प्रशासनको निर्देशन अटेर गर्नेलाई कारवाही गरिने  । 


६) चितवनको भरतपुर महानगरपालिका सबै वडामा स्वास्थ्य संस्था स्थापना गर्ने अभियानमा, पालिकाले वडा नम्बर २८ मा आधारभूत स्वास्थ्य कार्यालय भवनको सिलन्यास गर्‍यो । 


७) गोरखा नगरपालिकाले ४ जना शिक्षक करारमा पदपूर्तिको लागि दरखास्त आह्वानको सूचना जारी गर्‍यो, इच्छुकले १२ असोजसम्म पालिकामा दरखास्त बुझाउनुपर्ने । 


८) प्यूठान नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा विक्रिका लागि सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना प्रकाशित गर्‍यो, दरभाउपत्रमा भाग लिने व्यक्ति तथा फर्मले पालिकामा सम्पर्क गर्नुपर्ने । 


९ ललितपुर महानगरपालिकाले १ असोजबाट विद्यालय खोल्ने, भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने शिक्षा समितिको निर्णय । 


१०) कैलालाीको धनगढी उपमहानगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउन अनलाइन दर्ता अनिवार्य गर्‍यो, आफ्ना नागरिकलाई कात्तिक मसान्तसम्ममा पूर्ण खोप लाउने पालिकाको अभियान । 


११) विद्यालयको लेखापरीक्षण गर्न इच्छुक लेखा परीक्षकलाई सूचीकृत हुन सर्लाहीको हरिपुर नगरपालिकाले जारी गर्‍यो सूचना, इच्छुकले १५ दिनभित्र पालिकाका निवेदन दिनुपर्ने । 


१२) सम्पत्ति तथा भूमिकरसम्बन्धी तथ्यांक संकलनकर्तालाई १ असोजमा हुने समीक्षा बैठकमा उपस्थित हुन बागलुङको जैमिनी नगरपालिकाको ताकेता, पालिकाले वडावडामा पुगेर पुनः तथ्यांक संकलन गर्ने । 


१३) पाल्पाको निस्दी गाउँपालिकाले भौतिक उपस्थितिमै विद्यालयमा पठनपाठन सञ्चालन गर्ने, ३० भदौबाट विद्यालय खोल्ने पालिकाको निर्णय । 


१४) नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले ग्रामीण आँखा क्लिनिकका लागि एक जना नेत्र सहायक करारमा भर्ना गर्ने, इच्छुकले ७ दिन भित्र पालिकामा दरखास्त बुझाउनुपर्ने । 


१५ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको समन्वयमा नगर बाल संजालद्वारा मेलम्चीमा बाल भेला, बाल संजाल पूर्नगठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि र बालबालिकाको सहभागिता । 


१६) सुर्खेतको गुर्भाकोट नगरपालिकाको आयोजनामा गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समीक्षा जारी, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने पालिकाको योजना । 


१७) गाउँपालिका राष्ट्रिय महासंघ नेपालद्वारा कैलालीको धनगढीमा स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न, कार्यक्रममा जनप्रतिनिधिलगायतको सहभागिता ।

 
१८) रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले पालिका स्तरीय सामुदायिक महिला भवन निर्माण गर्ने, जग्गा खरिद सम्बन्धी प्रस्ताव पेश गर्न पालिकाले सूचना निकाल्यो । 


१९) सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ३ मा दलित छात्रावास भवन निर्माण, नवनिर्मित भवन केसरी माविलाई हस्तान्तरण  । 


२०) देशभरका पालिकाले ५७औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाए, मोरङकी १६ वर्षीया बालिका सुस्मिता ऋषिदेव एक दिनका लागि बनिन् बूढीगंगा गाउँपालिकाको अध्यक्ष ।