close

४ बजेसम्म खुल्ने भए पाथीभरा याङ्बरकका विद्यालय 

४ बजेसम्म खुल्ने भए पाथीभरा याङ्बरकका विद्यालय 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ–ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयको पढाइ १० देखि ४ बजेसम्म सञ्चालन गर्ने भएको छ । 

 

गाउँपालिकाको शिक्षा शाखाले सूचना प्रकाशित गर्दै यसअघि कायम रहेको १० देखि अपराहन् २ बजेसम्म विद्यालय सञ्चालन हुने समयावधि बढाएको हो ।

 

शिक्षा अधिकृत लासाङ तामाङले गाउँ शिक्षा समितिको निर्णयअनुसार अब प्रत्येक दिन विद्यालय सञ्चालन अवधि बिहान १० बजेखि अपराह्न ४ बजेसम्म कायम गरिएको जानकारी दिइन् ।