close

लुम्बिनी बौद्ध विश्वविद्यालयमा लाग्यो ताला

लुम्बिनी बौद्ध विश्वविद्यालयमा लाग्यो ताला

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । विश्वविद्यालयले कोरोना महामारीको समय सञ्चालन गरेको अनलाइन कक्षाको समेत पूरै शुल्क उठाएपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बिहीबार ताला लगाएको हो ।

 

क्याम्पस प्रशासनले कोभिड–१९ को चपेटामा परेका विद्यार्थीलाई भौतिक उपस्थितिबिनै एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग नगरी आफ्नै साधन–स्रोत परिचालन गरी लिएको अनलाइन कक्षाको पूरै शुल्क लिएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको अनेरास्ववियुका अध्यक्ष राजेश आचार्य र सचिव साजन शर्मा पन्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

 

‘लकडाउन अवधिभरको शैक्षिक शुल्कमा छुट दिने सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गरी विद्यार्थीबाट शैक्षिक शुल्कबापत लिएको रकम सम्बन्धित विद्यार्थीलाई अविलम्ब फिर्ता गर्न अनेरास्ववियु लुम्बिनी बौद्ध विश्वविद्यालय कमिटीले माग गरेको थियो ।

 

तर, विश्वविद्यालयले मागलाई बेवास्ता गरी उल्टै विद्यार्थीलाई धम्काउने कार्य क्याम्पस प्रशासनबाट भएको हुँदा हाम्रो माग पूरा नहुँदासम्मका लागि ताला लगाउन बाध्य भएको जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।