close

महालक्ष्मीका नगर प्रहरीले पाए दज्र्यानी चिह्न 

महालक्ष्मीका नगर प्रहरीले पाए दज्र्यानी चिह्न 

Trulli
ADVERTISEMENT

काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिकामा नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको दीक्षान्त तथा समापन समारोह सम्पन्न भएको छ ।  नगरप्रमुख रामेश्वर श्रेष्ठले नगर प्रहरी नायब निरीक्षक र नगर प्रहरी सहायक निरीक्षकलाई दर्जानी चिह्न प्रदान गरे । उक्त अवसरमा प्रहरीले कवाज प्रदर्शनीका साथै भीआईपी सुरक्षा र अग्नि नियन्त्रणसम्बन्धी ड्रिल प्रदर्शनी गरेका थिए । नगर प्रमुख श्रेष्ठले नवनियुक्त नगर प्रहरीलाई प्रमाणपत्र र तालिमका प्रशिक्षक र सहजकर्तालाई प्रशंसापत्र वितरण गरे ।

 

नगर प्रमुख श्रेष्ठले ३० दिने आधारभूत तालिमबाट नगर प्रहरीमा कर्तव्यनिष्ठ र अनुशासित भई शिष्टाचारसहित नगरबासीको सेवामा खटिन सक्ने क्षमताको विकास भएको बताए । ‘स्वच्छ, सफा, समृद्ध, सुन्दर महालक्ष्मी नगर’ लक्ष्य प्राप्त गर्न नगर प्रहरीको समेत महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ छ । श्रेष्ठले तालिम सञ्चालनमा योगदान गर्ने प्रशिक्षक, सहजकर्ताका साथै भौतिक पूर्वाधार उपलब्ध गराई सहयोग गर्ने वडा नम्बर ९ स्थित शुभतारा स्कुलप्रति आभार व्यक्त गरे ।

 

कार्यक्रममा नगर उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा र वडा नम्बर १ का वडाध्यक्ष नन्दकुमार न्यौपानेले दीक्षित हुने नगर प्रहरीलाई बधाइ दिए । नगरपालिकाले हालै १ जना नगर प्रहरी नायब निरीक्षक, २ जना नगर प्रहरी सहायक निरीक्षक र ११ जना नगर प्रहरी जवान गरी १४ जना करार सेवामा नियुक्त गरेको थियो ।


कार्यक्रममा नगर उपप्रमुख थापा, प्रमुख प्रशासकीय अधिकृत सापकोटा, वडा नम्बर १ देखि १० का वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा नम्बर ९ का सदस्य, महानगरीय प्रहरी प्रभाग इमाडोल र लुभुका प्रभाग प्रमुख, नगरपालिकाका शाखा प्रमुखलगायत सहभागी थिए ।