close

अग्नि आस्थाले खोल्यो चार स्थानमा एकैसाथ महिन्द्रा सोरुम

अग्नि आस्थाले खोल्यो चार स्थानमा एकैसाथ महिन्द्रा सोरुम

Trulli
ADVERTISEMENT

काठमाडौं- अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले नेपालमा प्रमाणीकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारीसाधन बिक्री, सेवा र स्पेयर पाट्र्स सेटअपसहितको पहिलो आधिकारिक सोरुम एकैसाथ चार स्थानमा सञ्चालनमा ल्याएको छ ।


कम्पनीले काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा एकैसाथ सोरुम उद्घाटन गरेको हो । छिट्टै पोखरा तथा मुलुकका अन्य स्थानमा पनि सोरुम खोल्ने योजना रहेको कम्पनीले बताएको छ ।


बिक्री, सेवा र स्पेयर पाट्र्स सुविधाको अवधारणासहित प्रमाणीकरणयुक्त प्रयोग गरिएका सवारीसाधन बिक्री सुविधा ल्याइएको यो पहिलो पटक भएको कम्पनीले जनाएको छ । अबदेखि ग्राहकले नेपाली बजारमा प्रमाणित प्रयोग भइसकेका महिन्द्रा सवारीसाधन खरिद गर्न सक्नेछन् ।


हालका लागि विशेष रूपमा महिन्द्राका प्रयोग भइसकेका युटिलिटी सवारी, एसयूभी, पिकअपमा कम्पनी मुख्य रूपमा केन्द्रित हुनेछ ।
अग्नि ग्रुपका कार्यकारी निर्देशक सुशन वैद्य श्रेष्ठले भने, ‘प्रमाणीकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारीसाधन विश्वभरि लोकप्रिय छन् । तर, नेपालमा पहिलो पटक यस्तो अवधारणा ल्याइएको हो । हामीले बेच्ने सवारी प्रयोग भइसकेका भए पनि यसलाई नयाँ अवस्थामा जस्तै उपलब्ध गराउँछौं ।

 

ग्राहकले प्रयोग भइसकेका सवारीसाधन २०० चेकप्वाइन्ट निरीक्षणसहित १२/७ सर्भिस सुविधा, सक्कली स्पेयर पार्टस् र सक्कली सहायक सामग्री, बडी एन्ड पेन्ट्स सुविधा, भेहिकल ग्रुमिङ सेवासहितका सेवासुविधा पाउन सक्नेछन् ।’ ग्राहक सुविधाका लागि एकलबिन्दु समाधानको रूपमा आएको कम्पनीको भनाइ छ ।


कुनै पनि प्रयोग भइसकेका सवारीसाधन बिक्री गर्नुअघि कम्पनीले सवारीलाई मल्टिप्वाइन्ट निरीक्षणसहित प्रमाणीकरण गर्नेछ । कम्पनीका प्रशिक्षित प्राविधिकले सयौं भाग र प्रणालीमा जाँच गर्नेछन् ।