close

मेगा बैंकको विभिन्न संस्थासँग सहुलियत कर्जा सम्झौता

मेगा बैंकको विभिन्न संस्थासँग सहुलियत कर्जा सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं- मेगा बैंक नेपाल, मेगा क्यापिटल मार्केट्स, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वाणिज्य संघबीच सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान प्रवाह सम्झौता भएको छ ।


धादिङमा आयोजित कार्यक्रममा मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर वादे श्रेष्ठ, मेगा बैंकका लघु तथा कृषि कर्जा प्रमुख पुण्यप्रसाद खनिया, त्रिपुरासुन्दरी पालिका अध्यक्ष शम्भुकुमार थापा र धादिङ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुमन घरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । 


सम्झौताअनुसार त्रिपुरासुन्दरी गाउँपालिका तथा धादिङ उद्योग वाणिज्य संघसँग आबद्ध उद्योग व्यवसायीलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि मेगा बैंकले सहुलियत कर्जा प्रदान गर्नेछ । 


यसमा मेगा क्यापिटलले धादिङ उद्योग वाणिज्य संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीको कम्पनी दर्ताका निम्ति आवश्यक कागजात तयार गरिदिने र आवश्यकताअनुसार वित्तीय सल्लाह, वित्तीय प्रशिक्षणलगायत बैंकमा कर्जाका लागि आवश्यक कागजात तयार गरिदिनेछ ।


मेगा क्यापिटलले आवश्यकताअनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृति प्रक्रियामा सहयोग गर्नेछ ।