close

सीडीएस एन्ड क्लियरिङसँग सांग्रिलाको निक्षेप सदस्यता सम्झौता 

सीडीएस एन्ड क्लियरिङसँग सांग्रिलाको निक्षेप सदस्यता सम्झौता 

Trulli
ADVERTISEMENT

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस एन्ड क्लियरिङ लिमिटेडबीच निक्षेप सदस्यतासम्बन्धी सम्झौता भएको छ । 
सम्झौतापछि सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यका रूपमा सर्वसाधारणलार्ई सेवा–सुविधा प्रदान गर्नेछ ।


पुतलीसडकस्थित सीडिएस एन्ड क्लियरिङ लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्र्र्र्य र बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।


योसँगै अब निकट भविष्यमै बैंकले आफ्ना सबै शाखामार्फत निक्षेप सदस्यतासम्बन्धी कार्य सञ्चालनमा ल्याउनेछ । 
हाल बैंकले ९६ शाखा, ३१ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।