close

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई आर्थिक सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौं– मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ–संस्था, व्यक्तिलाई सहयोग गर्दै आएको बताएको छ ।


भदौ महिनामा मात्रै ५ विभिन्न सामाजिक कार्यमा सहयोग गरिएको बैंकले जनाएको छ । बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरता अभियानमा सहयोग पुग्ने गरी फाइनान्सियल डिजिटलाइजेसन लिटरेसीका लागि ५० हजार रुपैयाँ मिडिया इन्टरनेसनल प्रालिलाई सहयोग गरेको छ ।


कास्कीको मालपोत कार्यालयमा आउने सेवाग्राही बस्ने प्रतीक्षालयमा कुर्सी अभाव हटाउन बैंकले ३ थान ३ सिटरको फलामे कुर्सी मालपोत कार्यालय कास्कीलाई हस्तान्तरण गरेको छ । 


साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पुर्‍याउन  रेस्ट फाउन्डेसनअन्तर्गत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकाका लागि आवश्यक किताबको दराज निर्माण गर्न ४० हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरेको छ । 

 

भैंसेपाटीस्थित प्रगति युवा क्लबद्धारा आयोजित रक्तदान कार्यक्रमका लागि आर्थिक सहयोग गरिएको बैंकको भनाइ छ । बैंकले आर्थिक स्थिति कमजोर भएका कास्कीको पोखरा महानगर–२२ का २८ वर्षीय प्रकाश बरालको मृगौला प्रत्यारोपपणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ ।